एमसीसी विरुद्ध काठमाडौंमा खबरदारी प्रदर्शन


  • thebuddhaexpress

एमसीसी देशघाती सम्झौता भएको भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा प्रदर्शन गरी खबरदारी गरेको छ।

शुक्रबार नेमकिपाले काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा एमसीसीविरुद्ध प्रदर्शन गरेको हो।

एमसीसी राष्ट्रघाती रहेको भन्दै स्वीकार्न नहुने उसको माग छ। विरोधमा नेमकिपाले संघीय संसद घेराउ गरेको छ।

खबरदारी सभामा ‘अमेरिकी साम्राज्यबाद- मुर्दाबाद, देशघाती एमसीसी समझौता खारेज गर,सरकार र संसदहरु खबरदार लगायत नारा सहित जुलुस प्रर्दशन गरेका हुन्।

कोटेश्वर, माइतीघर, पुरानो बानेश्वरलगायतका ठाउँबाट जुलुससहित आएका नेमकिपाका कार्यकर्ताहरू बानेश्वरको सभामा भेला भएका थिए ।

                               

प्रतिक्रिया