मन्त्री आलेको भाइरल संवाद‌ सार्वजनिक,सचिवालय भन्छ- षडयन्त्र भयाे


  • बुद्ध एक्सप्रेस सम्बाददाता

केहि महिना यता गठन भएको गठबन्धन सरकार निष्क्रिय जस्तो देखिरहेको बेला, त्यस सरकारको एक मात्र सक्रिय मन्त्री हुन् संस्कृत,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले।

मंगलबार राति मात्र प्रेम आले र आफूले आफूलाई भारत मुम्बईमा छु बताउने एक युवाबीचको फोन संवाद अहिले समाजिक सञ्जालमा भाइरल भईरहेको छ।उक्त संवादमा मन्त्री आलेले उक्त युवालाई किन त्यस्तो कमेन्ट गरेको भने प्रारम्भिक प्रश्न सोधिरहेको छन्। तर केहि समय पश्चात आले आक्रोशमा आई विभिन्न अस्लिल शब्द बोल्दै ती युवालाई त्यहि आएर उठाउने भन्दै हात खुट्टा भाच्ने धम्की दिइरहेका छन्। साथै ठेगाना सोधिरहेका आलेलाई जवाफीमा ती युवाले पनि अश्लील शब्दहरूको फर्काएको सुन्न सकिन्छ।

उक्त अडियो संवाद अहिले समाजिक सञ्जाल तताएको छ भने उक्त घटना सत्य कि झुटो भन्ने विषयमा उनको सचिवालयले आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको आपत्ति जनाएको हो।

निरन्तररूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका सचिवालयले विरोध जनाएका छन् ।

नेता आले समाजवादीमा आवद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले उनीविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गर्नुका साथै पटक–पटक मानसिक तनाव दिने र अश्लिल शब्द प्रयोग गर्दै आएकोप्रति सचिवालयले दुःख व्यक्त गरेको छ ।

सुदूरपश्चिम प्रदेश बैतडी जिल्लाबाट प्रत्यक्ष संसद जितेका आले कुनै बेला केपी वली नेतृत्वको सरकारमा वन मन्त्री हुँदा अल्पज्ञानीको ट्याग सहित चर्को आलोचित थिए तर अहिलेको सरकारमा चाहिँ राम्रै चर्चा र प्रशंसा बटुलिरहेका थिए।

                               

प्रतिक्रिया