चिकित्सा शिक्षामा ३ नक्कली परीक्षार्थी पक्राउ


  • thebuddhaexpress

चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी र एमएस प्रवेश परीक्षामा सामेल भएका तीन जना नक्कली परीक्षार्थी पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले परीक्षामा सहभागी भएका तीन जना बिचौलियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३० बर्षिय भारत उत्तरप्रदेशका जितेन्द्रकुमार मिश्रा, ३४ बर्षिय विहारका शशिभूषण सिंह र ३२ बर्षिय विहारकै कृष्ण मुरारी रहेका छन् । उनीहरूलाई कलङ्कीस्थित एलआरआई स्कुल परीक्षा केन्द्रबाट नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी श्यामकुमार महतोले जानकारी दिए ।

केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार सूचना जारी गरी उक्त परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने, उक्त परीक्षामा विचौलियाका रूपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गरेकाले नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।

उनीहरूलाई शिक्षा ऐन, २०२८ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

                               

प्रतिक्रिया