दिलिप हत्या प्रकरण: शहिद घोषणा गर्न माग


  • thebuddhaexpress

ढुङ्गागिट्टी अवैध उत्खननविरुद्ध आवाज उठाउदा मारिएका युवा ओमप्रकाश महतो (दिलीप) लाई सहिद घोषणा गर्न युवाहरूले माग गरेका छन् ।

शुक्रबार जिल्ला प्रमुख अधिकारी,महोत्तरीलाई युथ एसोसिएसन अफ नेपालले ज्ञापन पत्र बुझाउँदै ‘दिलीपलाई पर्यावरण शहिद घोषणा र उक्त घटनाको अनुसन्धानको जिम्मा केन्द्रिय अनुसन्धान ब्यूरोलाई दिन´´´´ माग गरेका छन् ।

एसोसिएसनका प्रवक्ता राजु कुमार महतोको नेतृत्वमा युवाहरुले जिल्ला प्रशासन कार्यलय प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् । क्रसर माफिया विरुद्ध अवाज उठाउदा दिलीपको हत्या गरिएको थियो ।एसोसिएसनका युवाहरुले बुझाएको ज्ञापन पत्र बुझ्दै जिल्ला प्रमुख अधिकारीले महतोलाई पर्यावरण सहिद घोषणा गराउनका लागि पहल गर्ने आश्वासन दिएका हुन् । यसअघि युवाहरुले गत मंगलबार संघीय सरकारका वन तथा वातावरण मन्त्री राम सहाय यादवलाई समेत ज्ञापन पत्र बुझाएका थिए। वातावरणको दोहन गर्ने विरुद्ध आवाज उठाउने धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका राम जीवन महतोका २४ वर्षीय छोरा ओमप्रकाश महतो (दिलिप) को हत्या भएको थियो ।

गत बर्ष २०७६ पुस २५, औरही खोलामा भइरहेको अवैध दोहन रोक्न पुगेका महतोको हत्या गरिएको थियो । उक्त घटनामा संलग्नहरुमाथि मुद्दा चलाएपनि तीनजनालाई घरौटीमा छाडिएको हो । पिडित परिवारले अझैं न्यायप्राप्त गरेको छैन

                               

प्रतिक्रिया