#Red_Cross

कोरोनाको सम्भाव्य तेस्रो लहरमा देशभर रगत अभाव हुनसक्ने : रेडक्रस


  • सुरज सिंह

नेपाल रेडक्रस सोसाइटीले कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गरी देशभरि सम्पूर्ण रक्तसञ्चार केन्द्रीय साँस्था, जिल्ला शाखा,उपशाखा, ब्लड बैंक, जुनियर सर्कल यूवा सर्कल, सम्बन्धित क्लब र सबै रक्तदाताहरूलाई रक्तदान गर्न पूर्ण निर्देशन र अनुरोध गरेका छन् ।

 बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकाले केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेका नेपाल रेडक्रसले जनाएको छ।

अहिले निषेधाज्ञा खुकुलो भएको अवस्थामा रगत व्यवस्थापनमा धेरै चाप नरहेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय निर्देशक दिव्यराज पौडेलले जानकारी दिए। रगतको माग र आपूर्ति सन्तुलनमा गइरहेको अहिले अबस्था छ। तर तेस्रो लहरको कोभिड-१९ को सम्भावना रहेकाले दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसुति, मुटु, क्यान्सर तथा मिर्गौला विरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक शल्यक्रिया गर्नुपर्ने विरामीहरुमा आवश्यक परेको बेलामा भनेका रक्तसमूह प्राप्त गर्नुको निम्ति रक्तदान बढाउन अवस्था रहेका निर्देशक पौडेलले बताए। 

निर्देशक पौडेलका अनुसार पहिलो र दोस्रो चरणको निषेधाज्ञामा एउटा प्रोटोकल जारी गरेका थियौँ , त्यसै प्रोटोकल जारी गरी सानो सङ्ख्यामा हामीले रगतदान गर्ने आव्हान गरेका थियौँ।त्यससँगै स्वास्थ्य मन्त्रालय, स्थानीय प्रशासन कार्यालय र सबै रक्तदानकेन्द्रलाई अनुरोध गरेर यस अप्ठ्यारो परिस्थितिमा रक्तदान रोकिनु हुदैन भनेर उहाँहरूले पनि परिपक्क साथ दिनु भएको थियो । शैक्षिक संस्था बन्द रहेका कारण रेडक्रसका सम्बन्धित यूरेस र जूरेसहरू बन्द रहेकोले रगत सङ्कलन गर्न अप्ठ्यारो भइरहेका रेडक्रसले बुद्ध ऐक्सप्रेससँग गुनासो राखे। 

नेपाल सरकारले बिभिन्न चरण खोप अभियान सञ्चालन गरेको छ । रक्तदाताहरू खोप लगाए पछि कुनै लक्षण देखा परेको १४ दिन पछि मात्र रक्तदान गर्न मिल्छ रेडक्रसले जानकारी दिए। यहाँ पनि बढी रक्तदाताको समस्या भइरहेको छ।त्यसैले खोप लगाउने रक्तदाताले खोप लगाउनु अगाडि रक्तदान गरी र योजना बनाएर मात्र रक्तदान गर्न अनुरोध गरेका छन् ।

१८ बर्ष माथि र ४५ के. जी. तौल भन्दा माथिका नियमित युवा रक्तदाता र समन्धित रक्तसञ्चार केन्द्रले नियमित ३/३ महिनामा रक्तदान कार्यक्रम गर्ने अथवा रक्तदान केन्द्रमै आएर रक्तदान गर्न अनुरोध रेडक्रस सोसाइटीले गरे। 

यस परिस्थितिमा बिरामीको उपचार क्रममै रगतको माग बढ्छ, माग बढेपछि रगतको आपूर्ति हुन जान्छ। त्यसैले सबै समूहको रगत व्यवस्थापन गरेर राख्नुपर्ने सम्पूर्ण रेडक्रस सोसाइटीलाई अनुरोध गरेका छन्। 
रेडक्रसका सम्बन्धित स्कुल, कलेजका सर्कल बन्द भएता पनि अरू सङ्घसँस्थाहरू, बित्तिय साँस्था, सहकार्य साँस्था, सरकारी साँस्था सञ्चालन भईरहेका छन्। उहाँहरूले पनि नियमित सहयोग गरिरहेका रेडक्रस सोसाइटीले जानकारी दिए। 

रेडक्रसले तेस्रो लहरको पूर्व तयारीमा ब्लड बैंकहरू तालिका बनाई ३/३ महिनामा रगतदान महत्त्व जानकारी गराई सम्पूर्ण युवाबाट रक्तदान गरी रगत सङ्कलन गर्नका लागि अनुरोध गरेका छन्। 

निर्देशक पौडेले भने- शौक्षिक साँस्था बन्द रहेकाले साँस्थागत सकिँदैन भने रक्तदाताले आफ्नो टोल, छरछिमेक, सम्पर्क साथीहरूलाई रक्तदानको महत्व बुझाएर गराउने रक्तदान गराउन अनुरोध गरे।उनले भने यसै अनुसार पहिलो र दोस्रो चरणमा रक्तदातालाई परिचालन गरेका थियौँ। 

पहिलो र दोस्रो लहरको अनुभव अनुसार नै तेस्रो लहरको अवस्था हरेर रेडक्रसले थप रगत व्यवस्थापन गर्ने प्रतिबधता व्यक्त गरे। 

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय निर्देशक दिव्यराज पौडेले भने- “थोरै सङ्ख्यामा जनसक्ती परिचालन गर्ने, सुरक्षाको मापदण्ड कडाई गर्ने र आयोजना गर्ने सक्ने सङ्घ सँस्थाहरूले परिस्थिति अनुसार रक्तदान गर्ने तयारी गर्नुपर्ने छन्।” 

नेपाल रेडक्रस सोसाइटीका यूवाहरूले सानो – सानो रक्तदान कार्यक्रम गराउन रेडक्रसको शाखा, उपशाखाको मिटिङ्ग राख्ने योजना गर्दै र कार्यान्वयन पनि गर्दै रहेका निर्देशक पौडेलले बताए। 

कोभिड-१९ को अप्ठ्यारो परिस्थितिमा छौँ, रगतबाट कोरोनाभाइरस सर्दैन र रगतले नै मान्छेलाई पनि कोभिड-१९ सार्दैनन्। त्यसैले रक्तदान गर्ने एकदम सुरक्षित रहेको छ । यो सुरक्षित कार्यले मानवको जिवनको रक्षा हुनाले सम्पूर्ण रक्तदातालाई सुरक्षित साथ स्वास्थ्य मापदण्ड अपनाई रक्तदान गर्नु हुन नेपाल रेडक्रस सोसाइटीको सन्देश रहेका छन्। विरामीको चाप हरेर बिभिन्न समूहको रगत मागहरू बढका हुन्छन् त्यसैले रेडक्रसका सङ्घ संस्था र सबै रक्तदाताहरूलाई रक्तसञ्चारमा गएर रक्तदान गर्न अनुरोध निर्देशक पौडेलले गरेका छन् ।

                               

प्रतिक्रिया