#Youthday

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा मधेशि युवाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • वुद्ध एक्सप्रेस संवाददाता

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हिजो (बिहिवार ) काठमाडौं स्थित युनिक गर्लस होस्टेलमा मधेशि युवाहरु बीच एक अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।  


कार्यक्रममा युवाहरू देशको मेरुदण्ड रहेको र समाज परिवर्तनको निम्ति आफुहरु सदैव लागीरने र आवश्यक परेको बेला राज्नितिक हस्तक्षेप गर्न पनि अग्रसरता लिने भनेर  भने । युवाहरु सताको स्थाइ विपक्ष रह्नु पर्दछ र हरेक अत्याचार विरुद्ध अवाज उठाउनु पर्दछ भने तर्क आएपनि  अबको दिनमा युवाहरुले अध्ययनसिल हुँदै ज्ञान शेरिङ भन्दा ज्ञान निर्माणममा बढी ध्यान दिनुपर्छ भने जोडदार अवाज उठेको थियो ।

युवाहरु सदैब नेताहरुको झण्डा उठाउने गोटीको रुपमा मात्रै प्रयोग हुदै आएको र विभिन्न आन्दोलनहरुमा सहादत दिदै आए तापनि राजनीतिमा आफ्नो छमता अनुसारको उचित ठाउँ बुढो नेताहरुका कारण नपाएको पर्ती चिन्तित हुदै सह्भागीहरुले गुनासो पोखेका थिए |


उक्त कार्यक्रममा विभिन्न क्षेत्रकाका करीब दुई दर्जन  युवाहरुको सह्भागिता रहेको थियो र  समान्य चियापान सहित एकअर्का  माझ शुभकामना  अदान प्रादान भएको जानकारी कार्यक्रमका एक सहभागी युवा अभियानि शिव यादवले गराए ।

                               

प्रतिक्रिया