नयाँ वर्षको दिन लमजुङमा भूकम्पको धक्का


  • thebuddhaexpress

गण्डकी प्रदेश अन्तर्गत पहाडी जिल्ला लमजुङमा अग्रेजी नयाँ वर्ष पुष १७ गते शनिबारका दिन भूकम्प गएको छ।

बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर २.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ। जिल्लामा गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पको धक्का महसुस हुँदै आएको छ ।

                               

प्रतिक्रिया