#धरहरा

ऐतिहासिक पुननिर्मित भिमसेन स्तम्भ (धरहरा) बिशेष


  • सुरज सिंह

काठमाडौंको शान ऐतिहासिक पुननिर्मित भिमसेन स्तम्भ (धरहरा) प्रधानमन्त्री केपी शर्मा ओली द्वारा उदघाटन गरिएको छ।

यो ऐतिहासिक धरहरा ६ बर्ष अघि २०७२ साल बैसाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर आएको भुइँचालोको कारणले गर्दा भत्केको थियो।जसमा ६ जना मान्छेको मृत्यु र दर्जनौं घाइते भएको थियो। पुनः निर्मित धरहरा आकर्षक बनाइको छ भने ढलेका धरहरा यथावत् स्थानमा रहेको छ।पुरानो धरहरा प्रधानमन्त्री भिमसेन थापाले बनाउनुभएको थियो र यो पुननिर्मित धरहरा जिआइटिसी÷रमण जेभी कन्स्ट्रक्सनलाई निर्माणका लागि जिम्मेवारी दिइएको थियो।

वि. सं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो । विसं. २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण शुरु गरेको थियो । पहिलोपटक प्रधानमन्त्री बनेका बेला २०७२ फागुन ४ गते केपी शर्मा ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान शुरु गरेका थिए ।

“इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनःनिर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो, आइफल टावरमा जस्तै हावा धरहराको २०औँ तलामा आएको छ, यो काठमाडौँ र नेपालको परिचयका रुपमा विश्वमा चिनिने छ, मैले २०७२ फागुन ४ गते म बनाउँछु, मेरो धरहरा अभियान चलाएको थिएँ, त्यसअनुरुप यो निर्माण हुन नसके पनि बन्दा सबैलाई खुशी लागेको छ”, प्रम ओलिले उद्घाटन समारोहमा भने।

उनले अगाडि थपदै भने – ” धरहरा ढल्दा बाँचेकालाई सम्मान गर्छौं, ज्यान गुमाउने परिवारका कुनै एक सदस्यलाई रोजगारीको ग्यारेन्टी गर्छौं’, यहाँ कामको प्रकृति नमिल्ने सदस्यलाई अर्कै ठाउँमा भए पनि व्यवस्था गर्छौं।”

यस पुनः निर्मित धरहराले प्रयटन बिकास र देशको अर्थतन्त्रमा केही ह्द सम्म टेवा पुर्याउने छ भने आशा सरोकारवालाहरुको रहेको छ ।

भिमसेनस्तमभ विशेषताः
धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना रहने छ । जमिनमाथि भुइँतल्लासहित माथि चुचो सुनको गजुर लगाई २२ तला रहेको छ ।पहिले साढे चार रोपनी क्षेत्रफल थियो भने पुननिर्मित धरहरा साढे बयालिस रोपनी क्षेत्रफलमा फैलिएको छ। धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत रु तीन अर्ब ४८ करोड रहेको जानकारी प्राप्त भएको छ ।

जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ।सुन्धारा, अन्डरग्राउण्ड पार्किङ, लिफ्ट र भन्ज्याङ, अकाशेपुल जस्ता आकर्षण बन्दै रहेछ। धरहराभित्र दुई लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भर्‍याङसमेत जडान गरिएको छ ।

धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तला बाहिर २.५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । बाइसौँ तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ । धरहरामुनिको दुईतले भूमिगत संरचनामा दुईवटा ‘विद्युतीय स्वचालित भर्‍याङ’ बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ।
उहाँले भन्नुभयो – ” धरहरा ढल्दा बाँचेकालाई सम्मान गर्छौं, ज्यान गुमाउने परिवारका कुनै एक सदस्यलाई रोजगारीको ग्यारेन्टी गर्छौं’, यहाँ कामको प्रकृति नमिल्ने सदस्यलाई अर्कै ठाउँमा भए पनि व्यवस्था गर्छौं।”

एतिहासिक पाटो
वि. सं. १८८२ मा महारानी ललिता त्रिपुरासुन्दरीको आदेशमा नेपालका पहिलो प्रधानमन्त्री जनरेल भीमसेन थापाले ६१.८८ मिटर अग्लो ११ तल्ले धरहरा बनाउन लगाउनुभएको इतिहास छ । वि. सं. १९१३ मा बज्र (चट्याङ) ले भत्केपछि विसं १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो ।

विसं. १९९० माघ २ गतेको भूकम्पले भत्किएको धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनःनिर्माण गरिएको थियो । पुनःनिर्माणका क्रममा ११ तले धरहरालाई नौ तलामा सीमित गरिएको थियो ।

यो धरहराभन्दाअघि विसं. १८८१ मा थापाले नै लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गर्नुभएको थियो । त्यसको नाम पनि भीमसेन स्तम्भ नै राखिएको थियो । विसं १८९० मा भत्किएपछि लगनटोलको धरहरा पुनःनिर्माण नभएको ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ ।

                               

प्रतिक्रिया