अभियन्ता सरोज राय ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२१’ बाट सम्मानित


  • thebuddhaexpress

सामाजिक अभियन्ता सरोज राय सहित १६ जना व्यक्ति ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२१’ बाट सम्मानित भएका छन् । चैत्र १२ गते राष्ट्रिय नाचघर जमलमा एक समारोहका बीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले उहाँहरुलाई खादासहित सम्मानपत्रका साथ सम्मान गर्नुभएको हो ।

मन्त्री रेग्मीले समाज परिवर्तनका लागि समर्पित समाजसेवीहरू आवश्यक रहेको र यस्ता कार्यक्रमले उहाँहरूलाई अझै सेवाभावमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुृभयो । उहाँले भन्नुभयो, “समाजमा हत्या, हिंसा भइरहेको तथा आफैँलाई जन्म दिने बाबुआमालाई सडकमा पु¥याउने र आफूले पाएका छोराछोरीलाई सडक चौतारीमा पठाउने अवस्था रहेको देखिन्छ, यो मानवता हराइरहेको अवस्थामा धेरै समाजसेवीहरू आउन जरुरी छ ।”

सम्मानित हुनेमा समाजको लागि उल्लेखनीय कार्य गरेको मुलुकभर कै १६ जना समाजसेवी सहित एक संस्था परेका छन् । सम्मानित हुनेमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, वयोवृद्धा समाजसेवी पञ्चकुमारी मानन्धर, ललितपुरका समाजसेवी डा लछी सिंह, व्यवसायी तथा समाजसेवी राममणि न्यौपाने, अपाङ्ग सेवा संघ ललितपुर संस्थापक दयाराम मर्हजन, नार्काेनन् नेपालका अध्यक्ष पूजा कुँवर, भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरी, ग्लोवल मिडिया सोलुशन का अध्यक्ष गौतम भूसाल, गामवेशी चेपाङ्ग संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा, सञ्चारकर्मी तथा व्यवसायी मिलन थापा, भोलेन्टियर कोर नेपालका अध्यक्ष दीपक चापागाई, समता स्कुलका प्राचार्य अजय अधिकारी पत्रकार तथा समाजसेवी नरेन्द्र बस्नेत, व्यवसायी तथा समाजसेवी सिजन श्रेष्ठ, समाजसेवी भक्तबहादुर भण्डारी तथा एक सामाजिक संस्था ‘हाम्रो जन्मभूमि’ रहेका छन् ।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले विभिन्न पेशा र व्यवसायमा लागेर समाजमा योगदान गर्दै आएका र नितान्त समाज कै लागि भनेर अहोरात्र खटिएका व्यक्तिहरुलाई छनोट गरी उक्त अवार्ड प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले यसको उद्देश्य भनेको सामाजिक अभियन्ताहरुलाई हौसला र प्रेरणा दिनका लागि हो भन्नुभयो ।

समाजसेवामा रम्दै सरोज राय
सामाजिक अभियनकर्मी सरोज राय एक मानवअधिकारकर्मी पनि हुनुहुन्छ । मधेश प्रदेशको सर्लाही बरहथवा जन्भुमी र जनकपुरधाम उपमहानगरपालिका कर्मभूमि भएका उहाँ इन्जिियरिङ र आइटी जस्तो पेशाको सुनौलो भविष्य छाडेर सामाजिक सेवा र कल्याणको क्षेत्रमा लाग्नुभयो ।

यो उहाँको न त पेसा हो न त सौख । उहाँ देशको एक जिम्मेवार नागरिक भएको हैसियतले सामाज सेवामा प्रवेश गर्नुभएको हो । सामाजिक अभियन्ता र मानवअधिकारकर्मी भइरहँदा समाजमा सकारात्मक परिवर्तनका लागि काम गर्नुभयो । समाजका साथै आफ्नो कामले देशको परिवर्तनमा पनि सघाउ पुर्याउँदै आउनु भएको छ ।

उहाँले आफ्नो सक्रियताका दौरानमा साउदी अरबको सबैभन्दा कडा कानुन लागेर मृत्युदण्डको सजाय पाएका धनुषा जिल्लाको उमेश यादवको ज्यान बचाउन मुख्य भूमिका खेल्नुभयो । विगत १४ वर्षदेखि जेलमा रहेका यादवलाई बचाउन उंहा तिन पटक पाकिस्तान र एक पटक साउदी पुगेका थिए । यस्तै, मृत्युदण्ड पाएर १६ वर्ष देखि साउदीको जेलमा रहेको उदयपुरको विवेक दाहालको पनि ज्यान बचाउन पहल गरिरहनु भएछ । यस्तै, मलेसियामा मृत्युदण्ड पाएर किंग्स कस्टडिमा रहेको धनुषाको रुपेश महतोको जीवनरक्षाको लागि पनि पहल निरन्तर राख्नु भएछ ।

त्यस्तै अवैद्य रुपमा खाडी मुलुकमा पठाउन खोजिएका ३९ जना नेपाली युवतीको भारतको दिल्लीबाट उद्धार गर्न पहल गर्नुभएको थियो । विभिन्न मितिमा भारतबाट झण्डै १७० बालबालिकाको उद्धार गरि सक्नु भएछ ।

नेपालका मोरंग, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरसाी, सिन्धुली, गुल्मी, स्यांग्जा, सिन्धुपाल्चोक लगायतका जिल्लामा अत्यधिक चिसो, आगलागी तथा बाढीको समयमा विपद्मा परेकाहरु लाई राहत वितरणमा उहाँको ठुलो योगदान रहेको छ । साथै विभिन्न जिल्लामा विपद्सम्बन्धी तालिमको आयोजनामा सहजिकरण गर्नुभयो । त्यस्तै उहाँ कै पहलमा विभिन्न जिल्लाहरुमा रहेका स्वयं सेवकहरु सहितको जिल्ला विपद् प्रतिकार्य टोलीले बाढीग्रस्त क्षेत्रका घर समयमै खाली गराएर ज्यान बचाउन सफल भएको थियो ।

उहाँकै पहलमा प्रदेश २ का आठ जिल्लामा प्राथमिक उपचार र आधारभूत जीवन सहयोग तालिमको आयोजना गरिएको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको विभिन्न समस्या समाधान गर्न विभिन्न सरोकारवाला निकाय परराष्ट्र मन्त्रालय, विदेशस्थित नेपाली दूतावास, वैदेशिक रोजगार विभाग लगायतसँग निरन्तर समन्वय गर्दै आउनु भएको छ । नेपालमा कोभिड–१९ महामारीको आगमनको बखत निकै सक्रिय भूमिका खेल्नु भएको थियो । भारतबाट सयौंको उद्धार, सिमामा खानपिनको व्यवस्था, विभिन्न कोरेन्ताइनर स्वाथ्यकर्मीलाई लाई पीपी सेट, मास्क, ग्लोव्स आदि वितरण गर्नु भएको थियो । सर्लाहीको बरहथवामा २५ सैयाको आक्सिजन सेवा सहितको आइसोलेसन सेन्टर स्थापनामा मुख्य भूमिका खेल्नुभएको थियो ।

असहायहरुको आवाज उठाउने, किसान आन्दोलन, आरक्षण आन्दोलन, सुकुम्वासी आन्दोलन सहित विभिन्न सामाजिक मुद्दामा नेतृत्व गर्न उहाँ सधैँ अग्रसर हुनुहुन्छ । आपतमा परेका ऋणी परिवारलाई उनीहरुको जग्गा फिर्ताका लागि चन्दा उठाएर मद्दत गर्न पाउँदा उहाँलाई खुसी लाग्छ । छुवाछुत हटाउन उंहाले आधीदर्जन भन्दा बढी सामाजिक बहिनीहरु बनाउनु भएछ र उनीहरुको दाइजो रहित विहे गराउन प्रमुख भूमिका खेल्नु भएछ । बलात्कार घटनामा पिडितलाई न्याय दिलाउन प्रहरी प्रशासनसंग समन्य गरि दर्जनों पीडकलाई जेल पठाउन सफल भएको छ । गरिवीको कारण उपचार गराउन असमर्थ रहेका दर्जनों विरामीको उपचार क्राउड पÞmनडिङ्ग मार्फत गराउनु भएको छ । दिन्हु दर्जनों पिडित उंहालाई सामाजिक संजाल र फोन मार्फत सम्पर्क गर्ने गर्छ । उंहाले नेपालीलाई मात्र होइन, बाढ़को बेला भारतीयहरुलाई राहत वितरण गरेका थिए, भारत आसामको एक एक बालकलाई सप्तरीबाट बन्धक मुक्त गराए, बंगलादेशबाट अलपत्र परेर काठमाडौँ आईपुगेका एकजना बंगालीलाई घरपरिवार संग मिलाउन स्वंम बंगलादेश पुगेका थिए ।

सामाजिक अभियन्ताका रुपमा उहाँले पुर्याउनु भएको योगदानको समाजबाटै निकै सराहना गरिएको छ । उंहालाई नेपालको ’बजरंगी भाइजान’ पनि भन्ने गरिएको छ । उहाँले विभिन्न निकायबाट विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ । जस अनुसार प्रदेश २ को मुख्यमन्त्री, धनुषा जिल्ला प्रशासन कार्यालय, बंगलादेश र साउदी स्थित नेपाल दुतावास, भोरे नामक संस्था द्वारा नागरिक अभिनन्दन, अमेरिका स्थित मधेशी एसोसियसन इन अमेरिका (माँ) बाट ‘सोसल हिरो अवार्ड’, दर्जनों संघसंस्था र मधेशका एकसय हिरो मध्येका एक जस्ता सम्मान तथा प्रशंसापत्र प्राप्त गर्नुभएको छ । उहाँले स्वास्थ्य तथा कम्प्युटरका विषयमा बंगलादेश, नेपाल र भारतमा विभिन्न उच्चस्तरीय तालिम प्राप्त गर्नुभएको छ । सामाजिक कार्य र जागुरुक्ताको लागि उहाँले ग्रोइब नेपाल फाउण्डेसन, तराई मधेश राष्ट्रिय प्रतिष्ठान, टिएमएनसी, भोलेन्टियर कप्र्स नेपाल लगायत विभिन्न सस्थासंग सहकार्य गरिरहनु हुन्छ ।

                               

प्रतिक्रिया