सामाजिक अभियन्ता सरोज रायको समर्थन लालटेन छापलाई


  • thebuddhaexpress

सामाजिक अभियन्ता सरोज रायले खुलेर नै लालटेन छापलाई समर्थन जनाएको छ । कुनै उम्मेदवारको पक्षमा यसरी समर्थन जनाउनु र उनको चुनावी क्षेत्रमा गएर भोट माँगेको देखेर धेरैलाई आश्चर्य लागेका छन् । देश-विदेशमा आफ्नो सामाजिक कार्यले चर्चा कमाएका अभियन्ता रायलाई पहिलो चोटी यसरी कुनै उम्मेदवारको लागि भोट माँगेको देखिएको छ ।

अहिले उनी धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामाको अध्यक्ष पदको स्वतन्त्र उम्मेदवार शिक्षक शत्रुधन यादवको लागि गाउँ-गाउँ घुमेर भोट मांग्दै व्यस्त रहेको देखिन्छ । साउदीबाट उमेश यादवलाई बचाउने व्यक्तिलाई विडियोमा मात्र देखेको र प्रत्यक्ष देख्दा मानिसहरु दंग परेका छन् ।

अभियन्ता राय उम्मेदवार संग सिङ्गरजोडामा

सामाजिक संजाल र पालिकाको ठाउँ-ठाउँमा गएर अभियन्ता रायले स्थानीय चुनावमा पार्टी भन्दा पनि योग्य व्यक्तिलाई जिताउन पर्छ भनेर आम जनसमुदाई लाई सचेत गराई रहेका छन् । लालटेन छाप रहेको शत्रुधन यादवलाई किन समर्थन गरेको वारे अभियन्ता राय भन्छ

धनुषा जिल्लाको लक्ष्मिनीया गांवपालिकामा मेयर पदको स्वतन्त्र उम्मेदवार शिक्षक शत्रुधन यादव ज्युलाई तहे दिलले समर्थन गर्दछु र उंहा जस्तो संघर्षशिल, इमान्दार र सफा नियतको व्यक्ति जितोस् भनेर चाहना रहेको छ । सम्पूर्ण लक्ष्मिनीया गावंपालिका वासी संग लालटेन छापमा मोहर लगाई शत्रुधन ज्युलाई अत्यधिक मतले विजय गराउन हार्दिक अपिल गर्दछु ।

अभियन्ता रायले फेसबुकमा स्टाटसमा लेखेका हुन् “आफ्नै पार्टीको middle man को बदमाशी र पैसाको चलखेलको कारण लक्ष्मिनीया गावंपालिकाको मेयर पदको टिकटबाट वंचित भएपछि शिक्षक शत्रुधन यादव ज्यु लालटेन छापबाट स्वतन्त्र उम्मेदवारी दिएका हुन । तर असली ताकत जनता जनार्दनको भोट भएको हुनाले उंहा जस्तो योग्य, संघर्षशील र राजनितीक चिन्तन भएको उम्मेदवार लाई गुमाउनु भएन । उंहा लगायत सम्पूर्ण टिमलाई लालटेन छापमा आफ्नो अमुल्य मत दिई विजय गराउनुस् र उंहा प्रति अन्याय गरेको पार्टीको ति middle man दलालहरू लाई मुंह तोड जबाव दिनुस् ।

यस पालिकाको म भोटर होइन, शत्रुधनजी टाढा-टाढा सम्म मेरो आफन्त पनि होइन, एउटा सचेत नागरिकको हैसियतले हरेक स्थानिय तहमा पार्टी भन्दा पनि उंहा जस्ता योग्य व्यक्ति जित्नु पर्छ भनेर मेरो धारणा रहेको छ । यस पालिकामा जंहा-जंहा घुमे, सबैले शत्रुधनजीको तारीफ गरें, उंहा प्रतिको सम्मान भोटमा अवश्य बदलिन्छ भनेर विश्वास रहेको छ ।”

को हुन् शिक्षक शत्रुधन यादव?
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवका मनपर्ने नेता मध्ये एक रहेका जसपा नेपाल धनुषाका वरिष्ठ सदस्य शत्रुधन यादव आसन्न स्थानियतहको निर्वाचनमा लक्ष्मीनिया गाउपालिकाको अध्यक्ष पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका छन ।

शिक्षक शत्रुधन यादव

वौद्धिकस्तरमा उत्कृष्ट मानिएका शिक्षक समेत रहेका यादवलाई पैसाको चलखेलमा अरु पार्टीबाट आएका नवप्रवेसीलाई टिकट दिएपछि उनि स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन ।

यादवका अनुसार आफुले पार्टीको संगठन वनाउनमा योगदान दिएको र यसको कदर पार्टी अध्यक्ष उपेन्द्र यादवले पनि गर्दै आएको तर टिकट पाउने समयमा मिडिल मैनहरुले बर्दिवासमा वसेर करोडौको चलखेल गरि आफुलाई टिकट दिनबाट वंचीत गरेको आरोप लगाए । लक्ष्मीनिया गाउपालिकाकाका प्रमुख दाबेदारको रुपमा आफु रहेको वताउदै आफु गाउपालिकाको अध्यक्ष पदमा जिते लक्ष्मीनिया गाउपालिकालाई सेटलाईट गाउपालिकाको रुपमा विस्तार गर्ने वताए ।

अत्याधुनिक प्रविधीको युगमा जनताको काम गर्नका लागि पालिकानै धाउनुपर्ने र लामो लाइनमा लगाएर जनताले सास्ती भोग्दै आएको समस्यालाई समाप्त गर्नका लागि आफु काम गर्ने वताए । उनले शिक्षा,स्वास्थय,कृषि र पर्यटनलाई प्राथमीकतामा राखेको र जनकपुरधाम उपमहानगरपालिकाको पडोसी पालिका रहेको मध्यनजर गर्दै उपमहानगरपालिकामा भएको विकास जस्तै यस पालीकालाई आफनो पहिचान कायम राख्दै सेटलाईट सिटीको रुपमा विकास गर्ने आफनो धोको रहेको वताए ।

                               

प्रतिक्रिया