सिडिओले अभियन्ता रायलाई जनकपुरको मेयरमा उठ्न गरे आग्रह, रायको प्रतिकृया


  • thebuddhaexpress

चैत्र १२ गते राष्ट्रिय नाचघर जमलमा एक समारोहका बीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सामाजिक अभियन्ता रायलाई खादा र सम्मानपत्रका साथ ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२१’ ले सम्मान गर्नुभएको हो ।

विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर सेवा पुर्याउनु भएको प्रदिप राज कणेलले अभियन्ता सरोज रायलाई अवार्डको लागि बधाई दिंदै जनकपुर उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिन आग्रह गरेका हुन्। उनले सामाजिक संजालमा लेखे-

“सहि छनौट, बधाई छ सरोज जी- यँहाको उचित मुल्यांकन भएकोमा । जनकपुरधाम उ.म.न.पा. को मेयरमा उम्मेदवारी दिन आग्रह गर्दछु । यँहा जस्ता व्यक्तिको आवश्यकता देख्दछु ।”

यस वारे अभियन्ता रायको प्रतिक्रिया लिंदा उँहाले भने “प्रदिप कणेल राम्रो व्यक्ति हुनुहुन्छ, सामाजिक क्षेत्र तिर उँहा स्वंमको निकै रुचि भएको हुनाले मेरो सामाजिक कार्यलाई पनि उँहाले नजिकबाट नियाल्नु भएको हुनाले मेयरमा उम्मेदवारी दिन आग्रह गर्नु भएको होला । मैले गरिरहेको सामाजिक कार्यलाई परिणाम मुखी बनाउनु छ भन्ने आज न भोलि मलाई राजिनितकमा आउनै पर्छ, तर उसको लागि जनतालाई मेरो आवश्यकता महशुस हुनुपर्यो । जुनदिन जनताले चाहना व्यक्त गर्छन म प्रत्यक्ष राजनीतिमा अवश्य सक्रिय हुनेछु ।”

सर्लाही जन्मभूमि र जनकपुर कर्मभूमि रहेको सामाजिक अभियन्ता सरोज राय आफ्नो सामाजिक कार्यले गर्दा निरन्तर चर्चामा रहने गर्छ । समाजसेवामा होमिएको रायको चर्चा तराई मधेशमा मात्र होइन पहाडमा पनि हुनेगर्छ ।

आफ्नो निरन्तरको सामाजिक कार्यले अभियन्ता राय लाखौँ नेपालीको मन जित्न सफल भएको छ । स्वदेशमा मात्र होइन विदेशमा रहेको नेपालीहरु बीच पनि अभियन्ता राय उतिकै लोकप्रिय बनेका छन् ।

सामाजिक अभियन्ताका रुपमा उहाँले पुर्याउनु भएको योगदानको समाजबाटै निकै सराहना गरिएको छ । उंहालाई नेपालको ’बजरंगी भाइजान’ पनि भन्ने गरिएको छ । उहाँले विभिन्न निकायबाट विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ । जस अनुसार प्रदेश २ को मुख्यमन्त्री, धनुषा जिल्ला प्रशासन कार्यालय, बंगलादेश र साउदी स्थित नेपाल दुतावास, भोरे नामक संस्था द्वारा नागरिक अभिनन्दन, अमेरिका स्थित मधेशी एसोसियसन इन अमेरिका (माँ) बाट ‘सोसल हिरो अवार्ड’, दर्जनों संघसंस्था र मधेशका एकसय हिरो मध्येका एक जस्ता सम्मान तथा प्रशंसापत्र प्राप्त गर्नुभएको छ ।

                               

प्रतिक्रिया