डा. यादवको मृत्यु प्रकरण: टिएमएनसी पुगे मानव अधिकार आयोग


  • thebuddhaexpress

विराटनगर महानगरपालिका-४ स्थित डेरा बसेको घरको कम्पाउण्डमा मृत फेला परेका चिकित्सक विजय यादवको हत्या प्रकरणमा प्रहरीले दोषीलाई सार्वजनिक नगरेकोमा तराई मधेश राष्ट्रिय परिषद (TMNC) ले अनुसन्धान गरेर घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाहीको दायरामा ल्याउन मांग गर्दै शुक्रवार राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराएका छन् ।

नोबेलको हाडजोर्नी तथा नशा रोग विभागमा कार्यरत मेडिकल अफिसर यादवको हत्या भएको हो कि हैन भनेर प्रहरीले आधिकारिकरुपमा खुलाइसकेको छैन। सप्तरीको विष्णुपुर गाउँपालिका-१ का डा. यादवको शव उनी डेरा बसेको घरको गेटभित्र चैत्र १९ गते बिहान भेटिएको थियो। उनी प्रेम बस्नेतको घरको दोस्रो तलामा कोठा भाडामा लिएर बस्थे।

मृतक डा. विजय कुमार यादव

यादवले हाम फालेर आत्महत्या गरेको सरुवाती अनुमान थियो। घटनास्थलबाट प्राप्त केही प्रमाणले भने आत्महत्याको संकेत नगरेको प्रहरी स्रोतले बतायो। स्रोतका अनुसार हत्या गरेपछि शव घरको गेटमा फ्यालिदिएको हुनसक्छ। घटनास्थल वरपर आलो रगत भेटिनु र एउटा खुट्टा जुत्ताविहीन तथा शरीरका विभिन्न भागमा चोटपटक हुनुले हत्याको आशंकालाई थप मजबुत बनाएको एक प्रहरीले बताए। उनका अनुसार घरबाट हाम फालेको भए शरीरका अंग क्षतविक्षत हुने थिए। नाक, मुख र शरीरका केही भागमा चोटपटक मात्रै छ। प्राप्त केही प्रमाणले हत्याको संकेत गरे पनि पुष्टि हुन बाँकी रहेको प्रहरी स्रोतको भनाइ छ। 

डा. यादवसहित ३ जना विराटनगरको एयरपोर्ट रोडमा रहेको तृष्णा रेस्टुरेन्टमा राति अबेरसम्म बसेको पाइएको छ। उनीसँग इम्प्लान्ट सामग्री (हाड जोर्नीमा लगाउने स्टीलका रडहरु) सप्लाइ गर्ने एक जना र अर्का सीए बसेका थिए। मृतक यादवको डेरा नजिक शुक्रबार राति ११ बजेतिर ७-८ जनाको समूहबीच झगडा भएको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन्। प्रहरी घटनास्थल पुग्दा झगडा गर्नेहरु फरार भए। पहिचान भइसकेका झगडामा संलग्नलाई प्रहरीले शनिबार नै सोधपुछको दायरामा ल्याइसकेको छ। डा. यादवको मृत्युसँग उक्त झगडाको सम्बन्ध भए-नभएको कुरा प्रहरीले सार्वजनिक गरिसकेको छैन।

आफन्तले पनि डा. यादवको हत्या भएको भन्दै अनुसन्धान गरेर घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाहीको दायरामा ल्याउन मांग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन्प । पन्द्रह दिन बिती सक्दा पनि प्रहरीले हत्यामा संग्लन दोषीलाई सार्वजनिक नगरेपछि मृतकको काका अशोक यादवले तराई मधेश राष्ट्रिय परिषद लाई पहलको लागि आग्रह गरेपछि वैशाख २ गते शुक्रवार टिएमएनसी टिम द्वारा काठमाडौँ स्थित राष्ट्रिय मानव अधिकार आयोगलाई यस वारे ध्यानाकर्षण पत्र बुझाइएका छन् ।

विजय यादवको हत्या हुनसक्ने आधारहरु उब्जेको भएपनि उक्त घटना प्रति स्थानीय प्रहरी-प्रशासन र अस्पताल पनि संवेदनशिल नदेखिएको आफ़नजनले बताएका हुँदा मानवको जीवन रक्षार्थ कार्यरत रहेको एक डाक्टरको हत्या हुँदा पनि स्थानीय प्रसाशनले गम्भीरता पुर्वक नलिएको र अनुशनधान लगाएतका अन्य प्रक्रियामा समेत हेलचक्र्याई र लापरवाही देखाएकोले निश्पक्ष छानविनको लागि राष्ट्रिय मानव अधिकार आयोगलाई परिषदले ध्यानकर्षण गराएको गौतम शर्माले जानकारी दिए ।

टिएमएनसी टिम

समय वित्दै जादा घटना सम्बन्धि प्रमाणहरु समेत नष्ट हुने भएकोले एक उच्च स्तरिय छानविन समिति बनाई उक्त घटनामा संग्लन रहेको दोषीलाई कारवाही गरि पिडितलाई न्याई दिलाउन समेत परिषदले जोडदार मांग राखेको छन् ।

परिषद्को तर्फबाट गौतम शर्मा, चुडामणि यादव, राहुल राज, दिपक अधिकारी र आदित्य यादवको टिमले आयोगलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । आयोगले यस घटना वारे विराटनगर स्थित आफ्नो आयोगलाई सक्रिय गराई आवश्यक पहल गर्न प्रतिबद्धता व्यक्त गरेका जानकारी राहुल राजले दिए ।

                               

प्रतिक्रिया