कोविड आइसोलेसन केन्द्र लाई डिएसपी भाटको अर्धमासिक तलब सहयोग


  • thebuddhaexpress

सर्लाहीको बरहथवा स्थित इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी उद्धबसिंह भाटले आइसोलेसन सेन्टर लाई आर्थिक सहयोग गरेका हुन् । सोमवार डिएसपी भाट बरहथवा-१० सीतापुर स्थित आइसोलेसन केन्द्र पुगी आफ्नो अर्धमासिक तलब पच्चीस हजार नगद सहयोग सामाजिक अभियन्ता सरोज रायलाई हस्तान्तरण गरेका हुन् ।

हालको कोरोना संक्रमितको निशुल्क उपचारको साथ तेस्रो लहर आउने सम्भावना समेतलाई ध्यानमा राखी बरहथवा नगरपालिका वडा न. १० स्थित श्री महेन्द्र रत्न जगरनाथ लक्ष्मीनियाँ मा.वि. सितापुरको परिसरमा सामाजिक अभियन्ता सरोज रायको पहल र नेतृत्वमा निर्माण गरिएको ‘टीएमएनसी आइसोलेसन सेन्टर’ नामक २५ बेडको कोविड -१९ अस्थाई आइसोलेसन केन्द्रको यहि जेष्ठ २७ गते विहिवारको दिन एक कार्यक्रम बीच उद्धघाटन गरिएको थियो । उद्धघाटन कार्यक्रममा पनि डिएसपी भाटको उपस्थिति रहेको थियो ।

सामाजिक स्तरबाट संचालनमा ल्याएको उक्त आइसोलेसन केन्द्रलाई यसरी सहयोग गर्न पाउँदा आफुलाई निकै सन्तुष्टिको अनुभव प्राप्त भएको डिएसपी भाटले बताए । डिएसपी भाटको प्रशंसा गर्दै यसरी आइसोलासंलाई सहयोग गरेर उनले ‘प्रहरी मेरो साथि’ को उत्कृस्ट उधाहरण पेश गरेको अभियन्ता रायले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा आइसोलेसनलाई स्वंमसेवा सहयोग र व्यवस्थापन गरि राखेका सर्लाही कोभिद-१९ रापिड रेस्पोन्स टिमका संयोजक नविन यादव, संजिव यादव, घनश्याम झा, कृष्ण दाहाल, बालविकास नेपाल संस्थाको अध्यक्ष बिरेन्द्र यादव र सचिव सुनिल यादवको साथ मेडिकल टिमको उपस्थिति रहयो । विधालयका प्रधानाध्यापक देवीदत्त यादव र पुर्व व्यवस्थापन समिति अध्यक्ष लालबाबु राय समेतको उपस्थिति रहेको थियो ।

यासरी नै आइसोलेसन लाई बरहथवा स्थित Divyajyoti Secondary Boarding School ले पन्द्रह हजार, Oriental Boarding School ले पांच हजार, अमर ज्वेलरले एगारह हजार र लौखटका रामजी रायले पांच हजार आर्थिक सहयोग गरेका छन् ।

आइसोलेसनका कार्यकारी निर्देशक समेत रहेका अभियन्ता रायले सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

                               

प्रतिक्रिया