#चुनाब

को हुन् सिराहा क्षेत्र न. २ स्वतन्त्रबाट चुनाब लड्ने चर्चामा रहेका शिव यादव


  • thebuddhaexpress

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनमा प्रतिनिधि सभाको लागि सिराहा क्षेत्र न. २ स्वतन्त्रबाट शिव यादव चुनाब लड्ने चर्चा व्यापक हुनथालेको छ |

सिरहा जिल्ला सुखिपुर नगरपालिका वाड नम्बर २ घर भएका २६ बर्षको शिव यादवलाई सिरहाका स्वतन्त्र युवाहरुले सिरहा क्षेत्र नम्बर दुई बाट चुनाब लडन सिरहाका स्वतन्त्र युवाहरुले आह्वान गरिरहेका छन । सिरहाका एक स्वतन्त्र युवाले लेखेका छन , ‘हाम्रो सिरहा जिल्लाको सान कार्न्तिकारी समासेवी युवा बर्सौ देखि देश र जनताको लागि सडकमा आफ्नो आवज बुलन्द पार्दै आउनु भएका असल युवा जस्को आवाज कहिलै सासकहरुले सुनेन त्यो आफ्नो बुल्न्द आवाज सान्सद भवनको रोस्ट्रम सम्म पुग्याउन अब ब्याल्ट बिद्रोह गरेर जन्ताको मन र मत जितेर सान्सद सम्मको आत्रामा होमिन सिरहा क्षेत्र नम्बर 2 बाट हामी सिरहाका युवाहरु शिव यादव लाई चुनाब लडन अनुरोध गर्द्छु’ ।

एउटा समान्य परिवारमा जन्मेका यादव बर्सौ देखि यो देशमा भइरहेको दमन सोसन र न्यायको लागि सडक बाट लड्दै आएका यादव एक समाजिक अभियानकर्मी हुन |उनि सडक बाट पिडित जनताको आवाज बुलन्द पार्नुको साथै समाज सेवामा पनि अग्र स्थानमा रहेका छन। यादवले कोरोना माहामारीको बेला ‘भोकले कोइन नमरुन’ भन्ने नाराका साथ लाखौ गरिव जन्तालाई निसुल्क खाना खुवाउने काम गरेका थिए । र दोस्रो चरनको लकडाउनमा हजारौ बिरामी अक्सिजन सिलिन्डर नपाएर ज्यान गुमाइ रहेका बेला हजारौं बिरामी लाई होस्पिलको बेडमा सिलिन्डर पुग्याएर ज्यान जोगाउनमा सहयोग गरेका थिए । श्रम गर्न बिदेशीएका युवाहरुलाई लाई उद्घार गर्दै आएका यादवले केही बर्ष यता समाजिककाममा र गरिव दुखीको सेवामा अहोरात्र काम गरिरहेको देखिन्छ । सडक बाट अन्यायको बिरुद्ध र रास्ट्रयताको पक्षमा निरन्तर आवाज उठाउनेक्रममा पटक पटक प्रहरीको बुट खाएर जेल नेल भोगेका युवा अभियानता पुराना र असफल साबित भैइसकेका नेताहरू विरुद्ध खरो रुपमा आवज उठाइ रहेका छ्न भने नयाँ बिकल्प दिने प्रयत्न समेत गरिरहेका छन् |

                               

प्रतिक्रिया