#MCC

एमसीसी विरुद्ध देशव्यापी विरोध प्रदर्शन: संसद भवन बाहिर जुलुस


  • सुरज सिंह

संघीय व्यवस्थापिका संसद भवनको बाहिर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितको संयुक्त गठबन्धनले मंगलबार विरोध प्रदर्शन गरेको छ।

एमसीसीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको गठबन्धनले आज माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेको थियो। संसद भवनमा प्रतिनिधिसभा बैठक चलिरहँदा बाहिर प्रदर्शनकारीहरुले नाराबाजी गरेका थिए।

प्रदर्शनकारीले -“ एमसीसी‌ चाहिँदैन,Go Back MCC ,Reject MCC, सम्राज्य बादी हस्तक्षेप बन्द गर” लगायत अन्य नारा सहित जुलुस प्रदर्शन गरेका हुन्।

गठबन्धनको प्रदर्शनलाई मध्यनजर गर्दै आज बिहानदेखि नै बानेश्वरको सुरक्षा व्यवस्था कडा पारिएको थियो।

एमसीसीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी (माले), देशभक्त जनगणतान्त्रिको मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मसाल) र बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी छन् । उनीहरूले एमसीसीको विरोधमा प्रदर्शन गर्दै आएका छन् ।

                               

प्रतिक्रिया