बाँदरझुलाका सुकुम्बासी र राष्ट्रिय भूमि आयोगबीच तीन बुँदे सहमति


  • सुरज सिंह

चितवन जिल्लाको भरतपुर महानगरपालिकाबाट दक्षिण माडी नगरपालिका वडा नं-० ९ मा बाँदरझुला गाउँका आन्दोलनरत सुकुम्बासी र भूमि आयोगबीच मंगलबार तीनबुँदे सम्झौता भएको छ ।

बाँदरझुलाका सुकुम्बासीको समस्या समाधानका लागि दिर्घकालिन रुपमा लालपुर्जा वितरण गर्ने, आवश्यक ऐन कानून निर्माणका लागि पहल गर्ने सहमित भएको छ ।

मंगलवार भएको सहमति अनुसार बाँदरझुलामा राष्ट्रिय भूमि आयोगले २०७८ फागुन मसान्तसम्म भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने र जग्गा नापजाँचको सूचना निस्केपछि लगत संकलनको निवेदन दिएकै दिनमा निवेदन दिएको निस्सा र जग्गा नापजाँचको निस्सा वितरण गरिसक्ने सहमति भएको छ। साथै बाँदरझलामा विद्युत्तीकरणका लागि बजेट समेत छुटाइसकेको अवस्थामा निर्माण कार्यलाई छिटोभन्दा छिटो अगाडि बढाउन विद्युत प्राधिकरण र सो कार्यको सहजीकरणका लागि सम्बन्धित निकायहरुमा सहयोगका लागि नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई अनुरोध गरी तत्काल पत्राचार गर्नेसमेत सहमति भएको छ।

हाल बाँदरझलामा खेतीपाती गर्नका लागि ट्याक्टर प्रयोग गर्न नदिइएकोमा सो जमिनमा ट्याक्टर प्रयोग गरी किसानहरुले सहज, सरल र सुपथ तरिकाले कृषि गर्नका लागि सहज वातावरण बनाउन नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र अन्य सरोकारवाला निकायलाई पत्राचार गरी सहजीकरण गरिदिनका लागि नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई तत्काल पत्राचार गर्नेसमेत सहमति भएको प्रवक्ता खड्काले जानकारी दिए।

सहमति सम्बन्धी जानकारी बोदार्थको रुपमा माडी नगरपालिकालाईसमेत दिइएको छ।

भुमिहिन, सुकुम्बासी , गरिब किसानलाई मुक्ति दिलाउन भन्दै १० वर्षे जनयुद्धको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावी क्षेत्र हो बाँदरझुला ।

उनिहरुले लालपूर्जाको माग गर्दै काठमाडौंमा आएर आन्दोलन गरिरहेका चितवन बाँदरझुलाका स्थानीयको आन्दोलन तीन बुँदे सहमति हुँदा स्थगित गरेका छन्।

                               

प्रतिक्रिया