पाटन संयुक्त क्याम्पसमा वाटर ट्रिटमेन्ट प्लान्ट सञ्चालन


  • thebuddhaexpress

राजधानीको ललितुर जिल्लाकाे पाटन ढोका स्थित पाटन संयुक्त क्याम्पसमा पहिलो पटक ड्रिंकिङ वाटर ट्रिटमेन्ट प्लान्ट आइतवार सञ्‍चालन गरिएको छ । हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्ट र हेस्रा नेपाल(HeSRA)नामक समाजिक संस्थाको सहकार्यमा जडान भएको हो ।

हेल्पिङ ह्यान्ड-नेपालका परियोजना संयोजक श्री आरिफ अन्सारीका अनुसार पाटन संयुक्त क्याम्पसमा कलेजका विद्यार्थी, कर्मचारीहरुका लागि कलेज परिसरमा हेल्पिङ ह्यान्ड फर रिलिफ एन्ड डेभलपमेन्ट (HHRD-USA/NEPAL) ले “ड्रिङ्किंग वाटर ट्रिटमेन्ट प्लान्ट” उपहार दिइएको बताउँदै, काठमाण्डु, झपा र कपिलवस्तु गरी अहिले सम्म ८० वटा खानेपानी आयोजनाहरू पूरा भईसकेका र अर्को ५० वटा आयोजनाहरू नेपालभरका जिल्लाहरू मा स्थापना गरिरहेका बताए।संयोजक अन्सारीको अनुसार- “यो परियोजनाहरू पूर्ण रूपमा निःशुल्कमा लगाई रहेको जुनबाट लाखौं मानिसहरू लाभान्वित भइरहेका छन्।”हेल्पिङ ह्याण्ड र हेस्रा नेपालको सहकार्यमा पाटन संयुक्त क्याम्पसमा वाटर ट्रिटमेन्ट प्लान्ट सञ्चालन|

उनले कार्यक्रममा भने-“यो परियोजना काठमाडौंका त्रि- चन्द्र बहुमुखी क्याम्पस, महानगरीय प्रहरी कार्यालय, रत्नपार्क र वाल्मीकि विद्यापीठमा ड्रिंकिङ वाटर ट्रिटमेन्ट प्लान्ट राखी सकेको जानकारी गराएँ”। परियोजनाको प्राथमिक लक्ष्यहरू सुरक्षित पिउने पानी उपलब्ध गराउनु, पानीबाट हुने रोगहरूको जोखिम कम गर्नु र मानिसहरूमा चेतना जगाउनु हो।

नेपाल औषधि लिमिटेडको जी. एम .मोहम्मद सैफूलाहले नाम मात्रको मिनिरल वाटर भइरहेको यो बेलामा स्वच्छ पानीको व्यवस्था गरिनु महत्वपूर्ण काम भएको बताए र ‘अहिलेको अवस्थामा पानीको जुन महत्व छ, जुन स्वच्छ पानीको कुरा छ, मिनिरल वाटर हामी सहजैसँग बोतल वा जारको लिन्छौँ, तर त्यो नामको मात्रै मिनिरल वाटर हुन्छ, कतिपय राम्रो पनि छ। तर कतिपय नामको मात्रै हुन्छ र आफ्नो आत्मालाई चाहिने स्वच्छ पानी खान सकिरहेका छैनौँ। अहिले गुणस्तर मापदण्डलाई चेकजाँच गरेर क्याम्पसमा शुद्ध पानी पिउने व्यवस्था मिलाउनु काम उत्कृष्ट छ ।

क्याम्पसको बिधार्थीरु शुद्ध पिउने पानी खान पाउँदा धेरै खुशी रहेका र संस्था प्रति आभार व्यक्त गरेका हुन्।

आइतबारको ड्रिंकिङ वाटर ट्रिटमेन्ट प्लान्ट कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल औषधि लिमिटेडका जी .एम. मोहम्मद सैफूलाह,विशेष अतिथिको रूपमा हेल्पिङ ह्याण्डका काउन्टरी डारेक्टर सय्द खालिद मोह्सिन
,अतिथिहरुमा हेश्रा नेपालको सि.ई.ओ जिया खान , ललितपुरका वडा अध्यक्ष लगायत क्याम्पस कर्मचारी परिवार र विधार्थीहरु सहभागिमा ड्रिंकिङ वाटर ट्रिटमेन्ट प्लान्ट सम्पन्न भएको हो।

                               

प्रतिक्रिया