रौतहटमा जन्ती बोकेको गाडी दुर्घटनामा ६ जनाको मृत्यु , तीन घाइते


  • thebuddhaexpress

रौतहटमा जन्ती बोकेको गाडी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएकाे हाे।

मंगलबार अपरान्ह ४ बजे गरुडा नगरपालिका-१ जयनगरमा बिआर ०५ पिए ६९५३ नम्बरको स्कार्पियो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गौरबाट जयनगरतर्फ जाँदै गर्नेक्रममा गाडी नरकटियाबाट जन्ती लिएर गमहरीयामा जाँदै गरेको प्रहरी नायब उपरीक्षक मल्लले बताए। त्यसक्रममा आफैं अनियन्त्रित भई बाटो छेउ रहेको १५-२० फिट खाल्डोमा खसेको हो।

दुर्घटना हुँदा मृत्यु हुनेमा गढीमाइ नगरपालिका-३ गम्हरीयाका १६ वर्षीय शेख नैसाद, २२ वर्षीय शेख सैनुल्लाह, ५५ वर्षीय डा. मेसाफिर अन्सारी, २५ वर्षीय शेख छोटु र १५ वर्षीय शेख अजिबुल्लाहको मृत्यु भएको छ।

एक जना अर्का अन्दाजी ४०-४५ वर्षीय पुरूषको पनि शिव दर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। उनको भने सनाखत हुन सकेको छैन।

दुर्घटनामा तीन जना घाइते समेत भएका छन्। घाइते हुनेमा सोही ठाउँका १६ वर्षीय शेख अलफाज, १५ वर्षीय शेख अमानत र १७ वर्षीय शेख करिमुल्लाह छन्।

उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

                               

प्रतिक्रिया