मन्त्री आले आक्रोश हुँदै भनें -“साँढेलाई राखेर संस्था चल्छ?”


  • thebuddhaexpress

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले छानबिनको क्रममा पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश पोखेका छन्।

शुक्रबार भएको नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा उनले रक्सीको मातमा उन्मत्त मानिसलाई बोर्डको सीईओ बनाउँदा संस्था चल्न नसक्नेसमेत बताए।

सीईओ रेग्मीलाई साँढेको संज्ञा दिँदै मन्त्री आलेले आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न चेतावनी दिए। उनले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताए।

‘अब यहाँ (नेपाल पर्यटन बोर्ड) साँढेहरुलाई ल्याएर राजनीतिक नियुक्ति दिइन्छ। अब त्यो साँढे कस्तो हुन्छ भन्दा हुँहुँहुँ गरेर आउँछ। भखैर पदबहाली गरेको हुँहुँहुँ गरेर आउँछ’, मन्त्रीले भने, ‘यहाँबाट म लण्डनको प्रोग्राममा गएँ। म जाँदै जाँदिनँ भन्दा जाउँ हजुर भने। त्यहाँ त आफ्नो देशको बारेमा कुरा राख्नुपर्छ भने। जबरजस्ती गरेर लगे। त्यहाँ गएपछि मैले मेरो देशको लागि कोभिडबाट थला परेको देश, हस्पिटालिटीमा लागेका साथीहरुसहित विभिन्न साथीहरु, हाम्रो देश सेभ जोनमा छ भनेर सबैलाई आह्वान गर्ने इच्छा थियो। त्यो फोरममा बोल्ने इच्छा थियो। तर त्यो साँढेले केही पनि छैन, बोल्ने कार्यक्रम मन्त्रीज्यू भन्छ।’

मन्त्री आलेले आफ्नो संस्थाप्रति उत्तरदायी भएर काम गर्न सबै कर्मचारीहरुलाई वार्षिकोत्सवमा निर्देशन समेत दिएका छन्।

                               

प्रतिक्रिया