प्रदेश २: सितलहर प्रभावितलाई सरकारले राहत दिने


  • thebuddhaexpress

तराई क्षेत्रमा चिसो बढेसँगै प्रदेश २ सरकारले गरिब तथा विपन्नको लागि आवश्यक राहत दिने शनिबार देखि तयारी गर्न थालेको छ ।

प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जाडो प्रभावितलाई कम्बल, न्यानो लुगा र दाउरा वितरण गर्ने तयारी गरेको हो ।

‘चिसोबाट प्रभावितलाई न्यानो लुगा र कम्बल वितरणको तयारी थालेका छौँ, केही दिनभित्रै जिल्ला जिल्लामा रहेका विपन्न वर्गलाई कम्बल वितरण गर्ने छौँ ।’आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले भने, ‘शीतलहरूबाट जोगिन पूर्व तयारीको विषयमा प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग छलफल भएको छ।’

प्रदेश नीति तथा योजना आयोगको अनुसार प्रदेश २ का १५ प्रतिशत जनता चिसोबाट प्रभावित हुँदै आएका छन् ।

सितलहरका कारण तराई मधेस सयौँको सङ्ख्यामा मर्ने गर्दछ साथै यस बर्ष पनि चिसोमा गरिब तथा बिपन्न परिवार थरथर कप्दै आफ्नो कष्टकर जीवन बिताइरहेका छन्।

                               

प्रतिक्रिया