सिरहा: बरियारपट्टी गाउँपालिका कार्यालयमा तालाबन्दी


  • thebuddhaexpress

सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका कार्यालयमा स्थानीय राजनीतिक दलले मंगलबार तालाबन्दी गरेका छन् ।

पुरानो परीक्षाको नतिजा प्रकाशन नै नगरी विभिन्न पदमा नयाँ विज्ञापन गरेर परीक्षा लिन लागेको भन्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले सोमबार तालाबन्दी गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले थाहा पाउने वित्तिकै गाउँ पालिकाको सरोकारवाला र आन्दोलन कारी संग छलफल गरेका छन् ।

छलफलमा पहिले बिज्ञापन गरेको कार्यालय सहयोगी पदको नतिजा प्रकाशन गर्न र नयाँ बिज्ञापन प्रशासनको रोहबरमा प्रकाश गर्न सहमत भएको जनाइएको छ ।

                               

प्रतिक्रिया