ऐतिहासिक किसान महारैली: पूर्व झापा देखि ‌काठमाडौँ सम्म, सिरहामा डा. राउत सम्बोधन गर्ने


  • thebuddhaexpress

डा.सिके राउत नेतृत्वको जनमत पार्टीले शुक्रबार ,पुस ३० गते पूर्व झापा देखि ‌काठमाडौँ ऐतिहासिक किसान महारैली प्रदर्शन गर्ने डा.सिके राउतको सचिवालयले जनाएको छ ।

किसानको आन्दोलनको ११ बुँदे माग सरकारले चासो नदेखाएपछि उक्त ऐतिहासिक किसान महारैली प्रदर्शन गर्ने भएको छ । हरेक जिल्लाकाे सदरमुकाममा ऐतिहासिक महारैलीको तयारी पुरा भएको जनमत पार्टीले जनाएको छ ।

किसान महारैली सिरहामा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत, वीरगंजमा पार्टीका उपाध्यक्ष बसन्त कुशवाहा र राजविराजमा नेता ईन्द्रजीत यादवले सम्बोधन गर्ने जानकारी प्राप्त भएको छ ।

शुक्रबार ऐतिहासिक महारैली एकै साथ निस्किन गइराखेको छ। सम्पूर्ण किसान तथा जनमत पार्टीको कार्यकर्तालाई सहभागी हुन हार्दिक अनुरोध जनमत पार्टीको सचिवालयले गरेको हो।

भविष्यमा गर्व गर्न सकिने किसान ऐतिहासिक परिघटनामा सामित हुने अवसरबाट नचुकौ जनमत पार्टीको सचिवालयले अवहान गरेको हो।

किसान आन्दोलनका ११ बुँदे मागहरू साथै सम्बन्धित र्‍यालीका साङ्केतिक तरीकाहरू यसप्रकारका छन्:-
१. उच्चस्तरीय समिति गठन, – भैंसी जुलुस निकाल्ने।
(अर्थ: सत्ताधारीहरू केही मतलब नगर्ने भैंसी भयो भनेर)

२. किसानकार्डको व्यवस्था – भोट कार्ड, प्लाकार्ड देखाएर प्रदर्शन।
(अर्थ:भोटकार्ड दिने, किसान कार्ड खै? भोट लिने भए किसान कार्ड देऊ)

३. किसानको #पेन्सन, – गोरू र्‍याली, गोरूगाडा र्‍याली, हलो र्‍याली, कोदालो र्‍याली।
(अर्थ:जीवनभरि जोतिएर वृद्धावस्थामा कोदालो, हलो, गाडामा जोतिन नसके कसरी बाँच्ने?)

४. बालीनालीको स्वत: वीमा, – खाली “ढकिया/छिटा”, खाली “बहिंगा” र्‍याली
(अर्थ: लगाएको बाली उब्जेन, स्वत: वीमा नगरे कसरी बाँच्ने?)

५. कृषि मीटरको बिजुली नि:शुल्क – बाल्टिन र्‍याली, कृषि मोटर र्‍याली, बिजुली तार लिएर र्‍याली
(अर्थ: सिंचाई छैन, सिंचाईको व्यवस्था गर कि बिजुली फ्री गर)

६. #मलखाद र बीउबिजनको व्यवस्था – खाली खाद बोरा र्‍याली, सडकमा माटो छर्ने र्‍याली
(अर्थ: मलखाद छैन / बीउ नभए माटो छरेर फसल हुन्छ त ?)

७. बालीक्षतिपूर्ती वापत् #राहत, – भिजेको बाला र्‍याली, परालको भारी बोकेर र्‍याली, नाङ्लो (“सुप”) र्‍याली, झाडू र्‍याली
(अर्थ: बालीनाली क्षति भयो, राहत देऊ)

८. फसलको उचित समर्थन #मूल्य निर्धारण – तराजु र्‍याली
(अर्थ: उचित मूल्य निर्धारण गर)

९. उखु किसानको #भुक्तानी – उखु र्‍याली

१०. मुद्दा फिर्ता, किसानमाथिको #दमन बन्द – जाल र्‍याली, “जुवाली/चाबुक” र्‍याली, लाठी जुलुस
(अर्थ: फसाउने काम बन्द गर, दमन गर्ने काम बन्द गर)

११. आन्दोलनकारी #रिहा – दाम्लो/सिक्रीले हाथ बाँधेर र्‍याली
(अर्थ: किसानलाई मुक्त गर)

गहुँको बीउ लुटेको आरोपमा सिरहाको औरही गाउँपालिकाले दर्ता गराएको मुद्दा आधारमा प्रहरीले एक किसानलाई पक्राउ गरेपछि जनमत पार्टीले पुस ९ गतेबाट आन्दोलनको घोषणा गरेको थियो । कार्यकर्तामाथि दमन गरेको भन्दै उक्त पार्टीले आन्दोलनलाई निरन्तरता दिएको हो ।

किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, सिंचाईको व्यबस्था गर्नुपर्ने, उखु किसानको भुक्तानी दिलाउनुपर्ने लगायतका ११ बुँदे माग राखेर करिव ३हप्ता देखि जनमत पार्टी आन्दोलनरत छ ।

                               

प्रतिक्रिया