जारी किसान आन्दोलनको माग पूरा गर्न किसान विधेयक ल्याउनु पर्छ : सिके राउत


  • thebuddhaexpress

डा.सिके राउत नेतृत्वको जनमत पार्टीले शुक्रबार मधेशको जिल्ला लगायत सिराहाको सदरमुकाममा ऐतिहासिक किसान महार्‍यालीको आयोजना सम्पन्न भएको हो । किसानको हकहितका लागि ११ बुँदे माग पूरा गर्न किसान विधेयक ल्याउनुपर्ने तड्कारो आवश्यकता रहेको आन्दोलनकारीको माग छ ।

शुक्रबार पूर्व झापा देखि ‌बर्दियासम्म ऐतिहासिक किसान महारैली प्रदर्शन गरेका जनमत पार्टीको सचिवालयले जनाएका हुन्।

र्‍यालीलाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जारी किसान आन्दोलनको माग पूरा गर्न किसान विधेयक ल्याउनुको विकल्प नभएको बताए । मलखाद्य र बिउबिजन माग्ने किसानमाथि सरकारले गोली चलाएको भन्दै सरकारी रबैया किसान विरोधी भएको बताए ।

उनले स्थानीय सरकारका प्रमुखहरूलाई महाभारतको जरासंधको संज्ञा दिएका छन् । स्थानीय सरकार महाभारतको जरासंध भएकोले बलराम जस्तै हलो उचालेर जरासंध जस्तो प्रवृृतिको अन्त गर्नुपर्ने डा. राउतले बताएका छन् । ‘जरासंधलाई बलरामले हलो उठाएर अन्त गर्‍यो,’ उनले भने,‘स्थानीय सरकारमा मौलाएको जरासंध प्रवृत्ति किसानले आफ्नो शक्ति देखाएर अन्त गर्नुपर्छ ।’

किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, सिंचाईको व्यबस्था गर्नुपर्ने, उखु किसानको भुक्तानी दिलाउनुपर्ने लगायतका ११ बुँदे माग राखेर करिव ३हप्ता देखि जनमत पार्टी आन्दोलनरत छ ।

                               

प्रतिक्रिया