नोबेल मेडिकल कलेजका सुरक्षागार्ड र विद्यार्थी बिच झडप, मच्चियो तोडफोड


  • thebuddhaexpress

नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरेपछि एमबीबीएस अध्ययनरत विद्यार्थीले गरेको शान्तिपूर्ण आन्दोलनमा त्यहाँ कार्यरत सुरक्षा गार्डले आक्रमण गरेपछि विद्यार्थीहरु तोडफोडमा उत्रिएका छन् ।

आइतबार शान्तिपूर्ण रिले अनसनका लागि गएका विद्यार्थीमाथि सुरक्षा गार्डले आक्रमण गर्दै रोकेपछि विद्यार्थी तोडफोडमा उत्रिएका हुन् । नोबेलका सुरक्षा गार्डले विद्यार्थीमाथि लाठी चार्ज गरेका हुन् ।

अस्पतालले एमबिबिएसमा अध्ययनरत विद्यार्थीबाट अतिरिक्त शुल्क लिएकोबारे विवाद र आन्दोलन जारी छ।

विद्यार्थीबाट अस्पतालले अतिरिक्त शुल्क माग गरेको जनाउँदै पुसबाट विद्यार्थी आन्दोलनरत छन्। विद्यार्थीका अनुसार चिकित्सा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी अस्पतालले माग गरेको उनीहरूको गुनासो छ।

नेपाल चिकित्सा आयोगले एमबिबिएस अध्ययनका लागि ४४ लाख ३६ हजार ५२ निर्धारण गरेको छ। तर, अस्पतालले अतिरिक्त शुल्क, सम्बन्धन शुल्क, रजिस्ट्रेसन शुल्क छात्रावासलगायतमा थप करिब ३५ लाख रुपैयाँ लिने जनाएपछि विद्यार्थी आन्दोलित भएका हुन्। यस विषयमा जिल्ला प्रशासन कार्यालय मोरङमा समेत पटक–पटक वार्ता भइसकेको छ। तर, सहमति जुट्न सकेको छैन।

                               

प्रतिक्रिया