जनकपुर–जयनगर रूट:१५ महिनादेखि त्रिपाल मुनि थन्किएकोे रेल सञ्चालनको तयारी


  • thebuddhaexpress

सरकारले त्रिपाल मुनि थन्किएकोे रेल करिब १५ महिनापछि सञ्चालनमा ल्याउने तयारी गरेको छ।

सरकारले जनकपुर–जयनगर रूटमा चलाउन भारतसँग खरिद् गरेको नेपाली ध्वजावाहक रेल पछिल्लो डेढ वर्षदेखि घुम्टो ओढाएर राखिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चालनको अन्तिम तयारी भएको बताएको हो।

मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने जनाएको हो। सरकारले गत वर्ष ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरेको दुई वटा रेल गत वर्षको असोजदेखि धनुषाको इनर्वा स्टेशनमा त्रिपालले ढाकेर राखिएको छ।

लामो समयसम्म ट्रयाकमा त्रिपाल ओढाएर राखिएको भन्दै तिब्र आलोचना भइरहे पनि सरकार भने रेल खरिद् गरेको करिब १५ महिनामा बल्ल सञ्चालनको अन्तिम तयारीमा जुटेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले तत्काल रेल सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी भइसकेको बताउँदै प्रधानमन्त्री देउवाको भारत भ्रमण क्रममा दुई देशका प्रधानमन्त्रीबीचको छलफलपछि उद्घाटनको मिति तय हुने जानकारी दिइन्।

                               

प्रतिक्रिया