किसान आन्दोलनको समर्थनमा माइतीघरमा प्रदर्शन


  • न्युज डेस्क

किसानका आन्दोलनको समर्थनमा माइतीघरमा प्रदर्शन भएका छन ।

मधेसमा विभिन्न माग राखी करिब दुई हप्ता देखि भैरहेको किसान आन्दोलनको समर्थनमा काठमाडौंका युवाहरूले एक्यवद्धता जनाएका हुन् ।

आयोजकमा ‘किसानका सन्तान’ उल्लेख गरेका ब्यानर लिएर प्रदर्शनमा सामेल भएका युवाहरुले किसानको माग पुरा गर , किसान माथीको दमन बन्द गर ,झुठा मुद्दा खारेज गर जस्ता नारा लगाएका थिए ।

बुद्ध एक्सप्रेस संग कुरा गर्दै आयोजक मद्य्यका एक अशोक अरोमेटिक ले भने , “किसानको माग पुरा गराउन र सरकार उपर दबाब श्रीजाना गर्न हेतु आज हामिले माइतीघरमा गएर एक्यवद्धता जाहेर गर्यौ र साथै आन्दोलनको नेतृत्व गरिरहेको पार्टीले पनि आन्दोलन लाई केबल सता भर्याङ नबनाओस भने सचेत गराए” ।

आन्दोलन कार्यक्रमको संचालन आभास गरुले गरेका थिए भने समापन संघहर्ष दाहालले गरेका थिए ।

                               

प्रतिक्रिया