किसान आन्दोलन: डा.सिके राउतको पार्टीद्वारा माइतिघरमा प्रदर्शन


  • thebuddhaexpress

मधेशमा बिगत २ हप्ता देखि किसानका माग राखेर प्रदर्शन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ।

जनमत पार्टी उपत्यका समन्वय समितिले किसानहरूको माग सम्बोधन गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, समयमा मल सिँचाइको व्यवस्था गर’ ,‘किसान उपर दमन बन्द गर’ जस्ता नाराहरु लगाएका थिए।

किसानलाई सिंचाईको व्यवस्था वा बिजुली नि:शुल्क दिनुपर्ने, समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्नेलगायतका ११ बुँदे माग राखेर जनमत पार्टीले मधेशकेन्द्रित आन्दोलन गरिरहेको छ।

                               

प्रतिक्रिया