नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण संख्या २४ पुग्यो


  • thebuddhaexpress

नेपालमा थप २४ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण भएको पुष्टि भएको छ।शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेश विज्ञप्ति जारी गर्दै थप २४ जनामा ओमिक्रोन संक्रमण भएको जानकारी दिएको हो।

‘पुस महिनामा संकलित जम्मा एक हजार एक सय ४६ पजिटिभ नमुनाहरूको एस–जिन स्क्रिनिङ गर्दा दुई सय ५० वटा नमुनामा एस–जित नेगेटिभ पत्ता लागेको छ। एस–जिन नेगेटिभ पत्ता लागेका २४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो,’ विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले ओमिक्रोन भेरियन्टले हुन सक्ने बिरामीको चापलाई मध्यनजर गर्दै यसअघि नै सबै अस्पताललाई तयारी गर्न निर्देशन दिइसकेको छ। सीमानाकाहरूमा कोभिड– १९ को परीक्षणलाई थप सशक्त बनाउने तथा पजिटिभ आएका केसहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

                               

प्रतिक्रिया