सिरहा तनावग्रस्त: कतै राउतका कार्यकर्ता द्वारा प्रदर्शन, कतै प्रहरी द्वारा किसान माथि ज्यादती


  • सुरज सिंह

सिरहा जिल्लाको मिर्चैया बजारमा निषेधाज्ञा उलङ्घन गरी डा.सिके राउतका कार्यकर्ताहरु‌ले प्रदर्शन गरेका छन्। सीके राउत नेतृत्व जनमत पार्टीले किसानको मागहरु सम्बोधन गर्न केही दिनदेखि तालाबन्दी,आमहड्ताल र चक्काजाम गरेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबार र बुधबार सिराहामा निषेधाज्ञा घोषणा गरेको थियो।

मिर्चैया नगरपालिकामा निषेधाज्ञा उल्लंघन गर्दै जनमतका कार्यकर्ता प्रदर्शनमा उत्रेपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध बनेको हो। प्रदर्शनकारीले टायर बालेर धेरैको संख्यामा उप्स्थित भएर राजमार्ग र अन्य सडक अवरुद्ध गरेका हुन्। प्रहरी भने राजमार्ग खुलाउने प्रयासरत गर्नेक्रममा प्रहरी र प्रदर्शनकारी बिच घम्‍साघम्सी झडप परेको हो। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले लाठचार्ज र १-राउण्ड आँशु ग्याँस प्रहार गरि पुर्ब पश्चिम राजमार्गको मिर्चैया खण्ड अहिले नियन्त्रणमा लिएको छ।

त्यस्तै मंगलबार बिहान गोलबजार राजमार्ग क्षेत्रको साप्ताहिक तरकारी बजारमा प्रहरीले व्यापारीमाथि ज्यादती गरेको पीडितहरूले बताएका छन्।निषेधाज्ञा कार्यान्वयन गराउने नाममा प्रहरीले तरकारी व्यापारीमाथि बल प्रयोग गरेर बजार बन्द गराएको हो।राजमार्ग आसपास ५ सय मिटरभित्र निषेधाज्ञा जारी भएको भन्दै प्रहरीले जबरजस्ती बजार बन्द र किसानहरु माथि हातपात गरेका हुन् ।

गोलबजारमा सटरमा तरकारी बेच्ने किसानलाई समेत प्रहरीले दुर्व्यवहार गरे ।
सिरहाको बजारहरू बन्द भएपछि जनजीवन प्रभावित बनेको छ।

इलाका प्रहरी कार्यालय गोलबजारको टोलीले निषेधाज्ञा पालना गर्न बजार बन्द गराउँदै हिँडेका हुन् ।समस्या समाधानको नाममा प्रशासनले जारी गरेको निषेधाज्ञाले झन समस्या बल्झाएको छ । सीके राउतको आन्दोलनलाई नै प्रशासनले सघाएको व्यापारीहरूको आरोप छ ।

निषेधाज्ञाका कारण सडकमा जनमत पार्टीका बिहान कार्यकर्ता देखिएका थिएनन् । सवारीसाधन भने निर्वाध चलिरहेका छन् । राजमार्गमा पर्ने गोलबजार, मिर्चैया, बन्दीपुर, लहान, धनगढी, जिरोमाइललगायतका बजार बन्द गराइएको छ ।

पुस १३ र १४ गते बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म स्थानीय प्रशासनले कुनै पनि भेला, राजनीतिक सभा र हिँडडुलमा समेत निषेध गरेको छ।

सिरहाको औरही गाउँपालिकाले किसानमाथि दर्ता गराएको मुद्दा खारेज गर्नुपर्ने, पक्राउ परेका किसानलाई रिहा गर्नुपर्ने, औरही गाउँपालिका अध्यक्ष सिद्वार्थ यादवले गरेको भ्रष्टाचारमाथि छानविन हुनुपर्ने, किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने माग राख्दै जनमत पार्टीले केही दिनदेखि सिरहामा प्रदर्शन गर्दै आएको छ।

स्थानीय प्रशासनले पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्म राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिणको ५ सय मिटर आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। यस्तै चोहर्वादेखि सिरहा सडक खण्डको पीके राव इन्टरप्राइजेज तथा सो मार्गको ५ सय मिटर पूर्व पश्चिम पनि निषेधित क्षेत्र घोषणा गरिएको छ।

                               

प्रतिक्रिया