राष्ट्रको काॅंयापलट:भष्ट्रचार निर्मुलिकरण


  • विशाल वि.सि

“किम-जोन-उनको मृत्यको समाचारको कति सत्य हो?कति झुट हो?यी सबै कुरा तातीॅं राख्दै भाग्वानसॅंग यो माग्न मन छ कि उनको पुनर्जन्म नेपालमा होस्,आमाको कात्रो किन्दा पनि भष्ट्रचार गर्ने भष्ट्रचारीलाई झुण्डाएको हेर्ने मन छ।”लेखिएको स्टाट्सले गत बर्ष उत्तर-कोरियाली तानशाहको मृत्युको अपवाह सम्प्रेशण भए लगतै सामाजिक सन्जाल तत्ताएको थियो।मैले पनि यो स्टाटस् झट्टै मूल्याङ्कन गर्न सकिन र गहिरो सोच्न वाध्य भए।लामो सङ्घर्ष र बलिदान पश्चात् प्रजातान्त्रिक राजतन्त्र त खप्न नसकेर गणतन्त्रल्याएको हाम्रो देशमा केहि नागरिकले क्रुर तानशाह शासनको अपेक्षा गर्नुले विगतदेखि वर्तमान सरकार समक्ष गम्भीर प्रश्न चिन्न खडागरेको छ।कहाॅं चुक्यो त गणतान्त्रिक सरकार?

भष्ट्रचार र कमिशनको खेलले आज सीमा नागेर परकाष्ठा छोएको छ।देशमा भष्ट्रचारले नछोएको कुनै क्षेत्र खोज्नु भनेको बाग्मतीमा सुनखोज्नु सरह भएको छ।स्वास्थ्य,शिक्षाजस्तो संवेदनशीलदेखि लिएर भैतिक विकाश जस्ता देशकालागि कोषेढुङ्गा सावित हुने कामसम्मप्रत्येक क्षेत्र भष्ट्रचारले लिप्त छ।यहाॅं चाहे जागीर खाॅंदा होस् या सवारीसाधन लाईसेन्स निकाल्दा वा सरकारले घोषणा गरेको अनुदान लिदाॅं होस् पावर र पैसाको आवश्यक र दुरपयोग सॅंगै भईरहेको छ।यस्ता जस्ता सनसनी फैलाएको भष्ट्रचार र अख्तियार दुरपयोगको उद्धारण लेख्ने हो भने ५ घण्टा लगाएर पनि सकिन्न होला।

नेपाली जनता बढ्दो भष्ट्रचार देखि हदैसम्मको विच्चल्लित भईसकेको छन्।नेपालीमा एउटा प्रख्यात भनाई छ ‘मर्नुभन्दा बौलाउनु बेस’।माथिको उक्त स्टाटस्ले घुमाउॅंरो तरिकाले भष्ट्रचार नियूनिकरण हुन्छ भने जस्तो पनि तानशाही र अराजक शासननपनि स्वीकार न तयारभएको जस्तो संज्ञा दिएको छ।

बालुवाटार जग्गा प्रकरण,३३ केजी सुनकाण्ड,वाईडवडी घोटलाजस्ता ठूला भष्ट्रचारका काण्ड सेलाउन नपाउॅंदै बजारमा नयाॅं संस्करणदेखा पर्न लागिसकेको छन्।सारा दुनिॅंया कोरोनाको चपेटामा परेको बेला सम्भावित विकराल रूपबाट उच्च सतर्कता अपनाउने योगदानदिनुपर्यो उच्चपदाधिकारी र मन्त्रीहरुनै जटिल परिस्थितीमा किन्नुपरेको स्वास्थ्य सामाग्रीमै कमिशनको खेल खेलेको थिए र खेल्ने गरेको छन्।तल्लो स्तरका जनप्रतिनिधिले समेत बिसम प्रस्थितिमा निम्न आय भएका जनतालाई बाड्नुपर्ने राहतमा पनि घोर पक्षवाद गरेको देखेकै थियौ।मलाई मात्र नभई सारा नेपालीलाई आभाष हुदैछ कि पैसा र सम्पतिको लागि मानिस आज नैतिकताभन्दा माथि उठ्न सक्छ र आफ्नै राष्ट्रलाई घात गर्न सक्छ।भरतपुर कोरोना अस्थायी अस्पतालमा भएको चोरी प्रकरणमा पनि पदको दुरपयोग जस्तो नै देखिन्छ।गाॅंउ घरतिर बुढापाकाले भन्छन्,’बेअर्थै आएको कुरा बेर्थै जान्छ।”

हेक्का रहोस् सबैमा,जनताको सास्ती र देशको सम्पतिबाट कोही कसैले आज आफ्नो पेट भर्ला तर धेरै बेर त्यो पापको कमाई टिक्ने छैन।

“घुस् दिन्या र घुष षान्या, ईन दुईको ता धन जीव गरि लियाको पनि पाप छैन, इ राजा (राज्य) का महासतुर हुन्।” भन्ने महान् भनाईआजभन्दा दुई सताप्दी अगिनै राष्ट्रपीता पृथ्वी नारायण शाहको दिव्यपदेशमा उल्लेख छ।जबसम्म सरकार औधी गम्भीर भएरभष्ट्रचारीवाई देशदोह्रीभन्दा पनि तुच्छ संज्ञा दिएर फासीको कार्वाहीको व्यबस्था अगाडी बढाउदैन,तबसम्म भष्ट्रचार गर्न कमैले डरमान्छन्।

एउटा धुर्वसत्य कुरा यो हो कि यति सबै मानिस लोभी लालची र भैतिकवादी नभएको भए न कुनै हत्या,अपराध,चोरी लुटपाट,भष्ट्रचारकेहि पनि हुने थिएन।समान्तारको समाज स्थापनाको मूलधारनै भैतिकवादलाई तिलान्जली दिनु हो।

“भष्ट्रचार,कालोबजारी र कमिशनको खेल यति बढ्यो कि नेपालमा आत्महत्या गर्छु भनेर बिष किन्न जादाॅं पनि बिष नक्कली पर्छ”भन्दैएकजना पत्रकारले वर्तमान नेपाली समाज दर्साउॅंदै पेचिलो वाणी घतलाग्दो तरिकाले व्यक्त गर्नु भएको थियो।साच्चिकै नेपालजस्तोअल्प विकसित मुलुकलाई भष्ट्रचार एकदम महॅंगो परेको छ। आज मानिस सबै सरकारी जागिर खान खोज्छन् तर छोराछोरी सरकारीस्कुल पढाउन चाहादैनन्।

जागिर खादाॅं तथा पदभापर ग्रहण गर्दा भाग्वत् गीतामा छोएर राष्ट्रप्रति बफादार हुनेछु भनेर खाएको कसमको औचित्य अधिकांशलेकायम राख्दैनन्।

भष्ट्रचार नियन्त्रण गर्न सरकार गम्भीर चिन्तन हुन सक्त जरूरत छ।भष्ट्रचार नियन्त्रण गर्न सरकारले तलब मात्रै बढाउनु मूर्खता हो।भष्ट्रचारनियन्त्रण गर्न तलबको वृद्धिभन्दा पनि बढ्दो महॅंगीको नियूनिकरणले टेवा पुर्याउदछ।तलब बढाउन कम,महॅंगी नियूनीकरणमा ज्यादासरकार केन्द्रित हुनु पर्छ। यति एकहोरो तलब मात्र बढाए बढ्दो महॅंगीले त्यसको असर सन्तुलित बनाईदिन्छ।

अख्तियार दुरपयोग अनुसन्धान आयोगमा पनि निष्पक्षता छ भन्ने कुरा अलि हजम हुदैँन।अख्तियारको पनि अख्तियार दुरपयोग भईरह्कोछ,त्यसमा ध्यानआकर्षण हुन आवश्यक छ।अख्तियारको पनि अख्तियार दुरपयोगको अनुगमन कस्ले गर्ने?क्षेत्राधिकार बढाईएकोअख्तियार र ठूला मन्त्री तथा पदाधिकारीको अख्तियार दुरपयोगको अनुगमन गर्ने छुट्टै स्वत्रन्त निकायको खाॅंचो छ।

भष्ट्रचारको निर्मुल समाज गराउन नागरिक स्तरदेखि प्रत्येक नागरिक सचेत रहन जरूरी छ।पैसाको भन्दा पनि ईज्जतको महत्व बुझ्नप्रत्येकले नागरिकले आवश्यक छ।भष्ट्रचारीलाई सम्बन्ध र त्रासभन्दा माथि उठेर समाजमा बहिष्कार गर्न सक्नुपर्छ र त्यस्ता कार्यमासङ्लगनलाई सरकारसॅंग सहकार्य गरेर सम्बन्धित निकायमा उजुरी गर्ने हिक्मत् जुटाउनु पर्दछ।जो कोहि भष्ट्रचारी र दलालाई प्रतिकारगरेर समाजबाट भष्ट्रचारीको वर्चस्व तोडिनु पर्छ।

कलिलो रूपमा भर्खर समाजमा स्थापित हुदैँ गरेका प्रत्येक बालबच्चालाई राष्ट्रप्रति बफादर हुनुपर्छ,नैतिकता बिर्सेर भैतिकतामा लाग्नुहुदैन र सधै सत्कर्मको बाटोमा अभिलम्बन गर्न र सत्कर्ममा लागेकाको उच्च सम्मान गर्न सानै देखि विद्धालय र धरमा उचित ढङ्गबाटसिकाईनु पर्छ र यसको प्रत्क्षय अभ्यासपनि गराईनु पर्छ।यस कुरा प्रति सबै अभिभावक र शिक्षक गहन जिम्मेवार हुन आवश्यक देखिन्छ।

रूडिबादी,देखासिकी र अज्ञानताले खोक्रो पारेको हाम्रो नेपालको राष्ट्र विकासमा भष्ट्रचार प्रमुख समस्याबनिदिएको छ।अबको दिनमा भनेको समाजमा भष्ट्रचार रोक्न सबै नेपालीलाई अभिमुखीकरण गर्नुपर्छ।नेपालमापनि भारतमा जस्तै धेरै कालो धन ॲंधेरी कुना र विभिन्न माध्यमका रूपमा थुपारिएको छ।यतिकालो धन सरकारीकरण गर्न सक्ने हो र पुन:सञ्चित हुनबाट वञ्चित गर्न सक्ने हो भने आउॅंदो ५ बर्षमादेशमा आमूल परिवर्तन हुनेछ।त्यसैले देश काॅंयापलट पार्ने एउटै विकल्प:शून्य भष्ट्रचार।

लेखक विज्ञान संकाय दोस्रो बर्षमा अध्ययनरत छन्।

                               

प्रतिक्रिया