चुनावले पुनः गल्ती सच्याउने मौका दिँदैछ,बाँकी हाम्रो हातमा।

  • विकास विक्रम बुढा

असल र गलत’ सहि ढङ्गले छुट्टाउन सक्ने खुबीले मानिसलाई विवेकशील प्राणी भनिएको हो तर हाम्रो देशमा चुनावमा गरिने क्रियाकलाप र चुनावी नतिजा हेर्ने हो भने ,हामी नेपालीहरू चाहिँ उक्त परिभाषाको अपवाद हौँ जस्तो लाग्छ।
दुई महिना मासुभात, रक्सी र फ्रीको पेट्रोल; चुनावमा अन्धभक्त अझ भनौ झोलवादको पराकाष्ठा ; असक्षम उम्मेदवारलाई भोट हाली विजय गराउने; अनि बाँकि पाचँ बर्ष यो भएन त्यो भएन भनेर सत्तोसराप; फेरि चुनावमा सबै बिर्सिएर उहि पुरानै चक्रको निरन्तरता!

सधैं यहि हर्कत दोहोराईइरहेर आउँदो पुस्ताको निकट भबिष्यमा सराप खाने कि असल, यूवा तथा जुझारु उम्मेदवारलाई मतदानमा(Right Man at Right Place) गरि गरिएको गल्तीहरू सच्याउने र देशलाई विकासको गतिमा अगि बढाउने?
विकल्प दुईवटा र बाँकि के गर्ने निर्णय तपाई हामीहरुको।

आजसम्म हामीले हाम्रो मतदान उचित व्यक्ति गर्यौ कि गलतलाई भनेर समिक्षा नगर्दा हामी आफैले आफुलाई ठगिरहेका छौँ।

कालखण्डमा अगि बढ्दै जाँदा हाम्रो देशमा शासक र शासकीय प्रणालीको धेरै फेरबदल भयो तर बिडम्बना यहाँ त सिर्फ निश्चित पहुँचवालाहरूको जीवन र जीवनस्तर फेरियो बाँकि सर्वसाधारणहरूको अवस्थामा राजनीतिक परिवर्तनले कुनै आमूल परिवर्तन ल्याउन सकेन। यस्तो गर्यौँ उस्तो गर्यौँ भनेर कामभन्दा बढी भाषणमा फुर्ती छाट्दै हिड्ने यो देशको सस्ता राजनितिक नेताहरुलाई मेरो प्रश्न, ” तपाईहरु र तपाईको आसेपासेमा भएको परिवर्तनलाई के देशै परिवर्तनको संज्ञा दिन मिल्छ? “
देशमा निकै ठूलो परिवर्तन गरियो भन्दै प्रत्यक्ष रूपमा आफै श्रेय लग्न खोज्ने हाम्रो देशको महान् हस्ती नेताहरु लाई कर्णालीको दुरदराजमा गएर केहि बर्ष बिताउन चुनौति दिन्छु। अनि त्यसपछि बहसमा उत्रिउलाँ के केहि परिवर्तन भएछ देश भनेर।

साच्चै भनौं भने हाम्रो देश आर्थिक रूपमा सम्पन्न हुन नसकेपनि राजनीतिक कार्यकर्ता उत्पादन क्षमताको हिसाबले चाहिँ सुसम्पन्न छ। अझ बढाएरै भनौं भने यहाँ नागरिक भन्दा नेता धेरै र जनताभन्दा राजनीतिक कार्यकर्ता धेरै उत्पन्न भएका छन्।

विद्यार्थीका हकहितको लागि लड्ने उद्देश्य राखेर राजनीति पार्टीहरूले बिद्यार्थी सङ्गठनहरू खोलेको छन्,कर्मचारीको हकहितको लागि लड्ने उद्देश्य राखेर राजनीति पार्टीहरूले ट्रेड युनियन खोलेको छन्, युवा नेतृत्व तयार पार्ने हेतु राखेर राजनीति पार्टीहरूले युवा सङ्गठनहरू खोलेको छन् लगायत अन्य थुप्रै सङ्गठनहरू खोलेको छन्। तर यी सबै सङ्गठनहरू मूल उद्देश्यको लिकबाट बाहिरिएर कठोर झोले कार्यकर्ता उत्पादन गर्नमा केन्द्रित गराईएको छ।
आजको हाम्रो राजनीतिक पार्टीहरू देश नेतृत्व गर्न सक्ने सक्षम नेताभन्दा पनि कट्टर झोले कार्यकर्ताको उत्पादन र पार्टी पङ्क्ति र नेतृत्वप्रति कट्टर बफादार रहन प्रशिक्षण गर्ननै व्याप्त छ। यस्ता गलत स्कुलिङ्ग बाट राजनीति प्रवेश गरेकाहरूलाई चुनाव जिताउदाको परिणाम आफै कल्पना गर्नुहोस्।

जबजब हाम्रो देशमा केहि समस्या आउँछ र दुख पर्छ तब हामी चिया पसलदेखि रक्सी भट्टीसम्म, युटुबको कमेन्ट देखि फेसबुकको स्टाटस सम्म ,अझभनौ आफ्ना कुण्ठा पोख्न मिल्ने जति सबै ठाउँमा यति सम्म गाली गर्छौ कि कहिलेलाई यस्तो लाग्ने गर्छ कि अन्धविश्वासमा भन्ने गरिनेझै गाली लाग्ने भए सायद ती नेताहरुको अवस्था परिकल्पना गर्नौ सकिदैन थियो होला।

आज स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रसम्म हेरौँ, भष्ट्राचार अखण्डा बनेको छन्। जनतालाई नवआगन्तुक रहेको सङ्घीयता वरदान साबित हुनुपर्ने ठाउँ आज सङ्घीयता प्रति जनाको चरम बितृष्णा उत्पन्न भएको छ। खुशी हुनुपर्ने जनताहरू आज आलोकाँचो अवस्थामा सङ्घीयतालाई बोझको रूपमा लिन थालिसकेको छन्।
लग्न पनि किन नलगुन् त बिकासभन्दा बढी खर्च करोडौंको पजेरो र स्कर्पियो किन्न खर्च भएको छ।
कुनैकुनै प्रदेशमा त मन्त्रीमण्डल पनि यति जम्बो भएका छन् कि वडा कार्यलय हुन् कि मन्त्रालय छुट्टाउन हम्मे हम्मे छ। जनताको ढाड सक्ने गरी सर्वसाधारणको रगत पसिनाबाट तिरेको कर आज कसैको स्वईच्छाले रजाइँ भईरहेको छ।

यी सबै कुराहरुको दोषी हामी हौ र उचित र सहि व्यक्तिलाई भोट नहाल्नु हाम्रो गल्ती हो।

एउटा सानो रोचक प्रसंग पनि जोडीहालौ। एउटा गाउँपालिका अध्यक्षले त पोहर साल कोरोना महामारीमा फसेका एक युवकले तत्काल उद्धार गर्न र नगरेमा आउँदो चुनावमा लेखाजोखा गर्ने भनेर भदिएछन् ।
अध्यक्ष आक्रमक रूपमा मर्यादा ख्यार नगरि भनेछन् कि भोट नहाले नहाल, मैले मेरो पाँच पुस्तालाई पुग्ने कमाइसकेको छु।
दर्शनले भन्छ कि राजनीति निस्वार्थ समाजसेवाको सबैभन्दा उच्च विन्दु हो भनेर तर उक्त गाउपालिका अध्यक्षको जवाफ मनन गर्ने हो भने त राजनीतीमा नितान्त पेसा कमाउने भन्दा अन्य उद्धेश्य राख्नु हुदैन भन्ने बुझियो।

उनी त एउटा सानो प्रतिनिधि उदाहरण मात्रै हुन्, हाम्रो देशको महान् भनिएको नेताहरुको पनि राजनीति पहिले र राजनिती पूर्वको जिवन सँगै राखेर तुलना गर्न पनि नसुहाउँदो छ। अझ भन्नुपर्दा हाम्रै वरिपरिको स्थानिय तहको जन प्रतिनिधिको पनि जिवनको स्वरूप निर्वाचित भएलगत्तै आकस्मिक रूपमा परिवर्तित भएको छ। सायद सरकारले तोकेको तलबले मात्र त्यो सम्भव छैन।

यस्ता त देशमा हजारौं राजनीतिक विकृति र विसंगति छन् जस्को कुरा गरेर साध्य नै छैन।

सबै नेपालीहरूले अलि जिम्मेवार भई स्वविवेकले, हाम्रो नमई राम्रो लाई पहिचान गरी आउँदो चुनावमा मतदानमा गर्न सक्ने हो भने आगामी पाँच बर्ष उहि बिगतका दिनहरुमाझै नेताहरु गाली गरेर बस्नुपर्दैन।आउदो दिनहरु चैनको निन्द्रा लगाउने कि डोरी लगाएर कपाल दुखाउने हो, त्यो चुनाव हामीले गर्ने मतदानमा नै निर्भर गर्नेछ।

पारिवारवाद, जातिवाद, चाकडी र चाप्लुसी, पैसा र पावरको प्रभाव जस्ता गलत कुराहरुले हाम्रो देशको राजनीतिमा जरो गाडेको हुनाले यहाँ असल,ईमान्दार तथा युवाले चुनाव जित्न सकेको छैनन्। साच्चै भनौं, यो हाम्रो र हाम्रो देशको लागि दुर्भाग्य हो।
मेरो एकल भोटको मात्रै चुनावमा नगण्य प्रभाव होला तर हेक्का रहोस् यहाँ समुन्द्र थोपा थोपाको समिश्रणले बनेको हुन्छ। म सम्पूर्ण देशबासी जनताहरूलाई यहि देखि आवहान गर्न चहान्छु, आउनुहोस् हामी सबै एकजुट हुनुपर्छ र यहाँ गरिने चाकडी, पैसा र पावरको राजनीतिकलाई आउँदो चुनावमा थला पर्ने गरी परास्त गरी योग्य उम्मेदवारलाई भोट हाली विजय गराउनुपर्छ।
यदि यो सबै हामीले गर्न सकेमा यो खजुरा र सुर्खेतको लागि मात्र नभई सिङ्गो देशको लागि ऐतिहासिक क्षण हुनेछ।

लेखक सुर्खेतको समाजसेवी हुन्।

प्रतिक्रिया