‘पीर’ पुनः अपलोड


  • सुरज सिंह

गायक प्रकाश सपुतले‌ चर्चित गीत ‘पीर’को केही दृश्य सम्पादन पछी युट्युबमा पुनःअपलोड गरेका छन् ।

शनिबार पौने ६ बजे साँझतिर पुनःअपलोड गरिएको गीतबाट माओवादीकी पूर्व लडाकुले देहव्यापार गर्न बाध्य भएको दृश्य हटाइएको छ ।

माओवादीबाट आपत्ति व्यक्त भएको मुख्य दृश्य हटाएर गीतका अरू दृश्य तथा शब्द भने यथावत राखेर पुनः अपलोड गरिएको हो ।

‘पिर’ ले एक हप्तामै १ करोड भ्यूज पाइसकेको थिएँ।‘पिर’को पूरानो भिडियो हटाएर केही दृश्य सम्पादन गरी पुनः अपलोड गरेको छ।

सपुतले पीरमा प्रतिकात्मक रुपमा राखिएको एउटा दृश्यले पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा चोट पुगेको र गीतको अन्य सौन्दर्यलाई समेत छायामा पारेको भन्दै हटाएको बताएका छन् ।

उनले पूरानो भिडिओ सेयर नगरिदिन समेत आग्रह गरेका छन् ।

उनले गीतलाई थप राजनीतिकरण नगर्न आग्रह समेत गरेका छन् ।

                               

प्रतिक्रिया