भारतबाट डोम समुदायका किशोरहरु उद्धार


  • thebuddhaexpress

सामाजिक अभियन्ता रायको पहलमा भारतबाट नेपालको ६ जना किशोर उद्धार भइ नेपाल फर्केका छन् । उद्धार भएका सबैजना किशोर डोम समुदायका हुन् र सर्लाही जिल्ला निवासी हुन् ।

गएको कार्तिक महिनामा सर्लाहीका ६ जना डोम समुदायका किशोरहरु कामको शिलशिलामा गुजरात जाँदै गर्दा नेपाल-भारत सिमा सोनाबर्षामा भारतीय प्रहरीले पक्राउ गरेका थिए । भारतमा बालश्रमको कडा कानुन छ र कडाईको साथ कार्यव्यन भईराखेका छन् । १८ वर्ष मुनिको बालबालिका कतै देखा पर्यो र शंका लागे भन्ने प्रहरी कडाईका साथ सोधपुछ गर्छन र पक्राउ गरि बालकल्याण समितिलाई बुझाउने गर्छन ।

सर्लाहीका यी किशोरहरु लाई गुजरातमा लगी रहेको एजेन्ट सहित पक्राउ गरेका थिए । सबै किशोरहरु लाई सीतामढी स्थित बालगृहमा राखेका थिए ।

सीतामढी बालकल्याण समितिले नेपालको सामाजिक अभियन्ता सरोज रायलाई जानकारी दिएपछि अभियन्ता राय सबै किशोरहरुको आमाबुवा संग सम्पर्क गरि सामाजिक अनुसन्धान रिपोर्ट (Social Investigation Report) बनाएर भारत पठाए । उक्त रिपोर्टको आधारमा सबैजना किशोरलाई परिवारको जिम्मा लगाइयो ।

पक्राउ परेका किशोरहरुमा एकजना २० वर्ष भन्दा माथिको थियो जसलाई अभियन्ता रायको सिफारिशमा चांडै छोडेको थियो भन्ने वाकी पांचजना किशोरहरु १६ दिनको पछि नेपाल फर्केका हुन् । एजेन्ट अहिले पनि भारतीय प्रहरीको हिरासतमा रहेको छ ।

उद्धार गरिएको किशोरहरुमा चंद्रघट्टा गाउँपालिकाका अजय माली, रबिन्द्र माली र राजकरण माली रहेका छन् । त्यस्तै, हरिपुर नगरपालिकाको राधे माली र कबलासी नगरपालिकाको रोशन माली रहेका रहेका छन् ।

सामाजिक अभियन्ता सरोज राय गएको दुई वर्षमा भारतबाट करिव १७० बालबालिका लाई उद्धार गरि सकेका छन् ।

                               

प्रतिक्रिया