सामाजिक अभियन्ताले बचाए चुरे अभियानिको ज्यान


  • thebuddhaexpress

सामाजिक अभियन्ता सरोज रायको प्रयाशमा चुरे तथा वनजंगल सरंक्षण अभियानी सुनिल यादवको ज्यान बाँचेको छ ।

घटना केहि दिन अगाडी जेष्ठ २८ गतेको हो । सर्लाही बरहथवामा कोभिड आइसोलेसन सेन्टरको निर्माण प्रकृयामा व्यस्त रहेको अभियन्ता रायलाई चुरे तथा वनजंगल संरक्षण अभियानी सुनिल यादवले राति ८:३० बजे फोन मार्फत जानकारी गराए कि बर्दिवास लालगढ़ सडकखण्डमा उनको बाईक दुर्घटना भएको छ र उनि बाँच्ने अवस्थामा छैन, नाकबाट अत्यधिक रगत निस्की रहेको छ, आफु खेतमा रहेको र हिलडुल गर्ने स्थिति समेतमा छैन ।

बिना कुनै विलम्ब गरि अभियन्ता राय बरहथवाबाट निस्के। मेसेन्जर मार्फत सुनिलले पठाएको लोकसनको आधारमा गुगल मैपको सहयोगबाट रायले सहजै उनलाई खोजे । सुनिलको नाकबाट अझ पनि रगत निस्किरहेको थियो । गम्छा बाट नाक दाबेर जनकपुर ल्याइयो र काव्या अस्पतालमा भर्ना गरियो । उपचार सुरु भयो, राती ११:३० बजे सिटि स्कान गरियो। रिपोर्ट अनुसार सुनिलको नाक र अनुहारको थुप्रै हड्डीहरु भाँचेका थिए । उपचारमा खटेका चिकित्सकले सुनीललाई आईसियुमा राख्नु पर्ने र Oral-maxillafacial surgeon समेतको आवश्यकता भएको तर दुवै यंहा उपलब्ध नभएको कारण अन्य अस्पतालमा लैजान सल्लाह दिए । काव्या अस्पतालको आइसीयु वार्ड कोविड़ वार्डमा परिणत गरिएको थियो । अभियन्ता रायले राती नै सुनिललाई लिएर जनकपुर स्थित अर्को अस्पताल पुगे तर रिपोर्ट देखेर उक्त अस्पतालले पनि भर्ना गर्न मानेनन् ।

चुरे तथा वनजंगल संरक्षण अभियानी सुनिल यादव

अभियन्ता रायको घर जनकपुर भएपनि उनि आफ्नो घर जान पाएन, खल्तीमा रहेको १०-१२ हजार रुपैया पनि सिटि स्कान गराउन खर्च गरिसकेका थिए । सुनिलको अवस्था विग्रिदै गएको थियो । Oral-maxillafacial surgeon भएको अस्पताल खोज्ने क्रममा रामजी रामको सुझावमा सुनिललाई लिएर उनि विरगंज पुगे। अभियानी सुनिलको स्थाई घर बारा जिल्ला रहेको छ । परिवारको सदस्यहरु पनि विरगंज आइ पुगेका थिए ।

मस्तिस्कको पनि सिटि स्कान गरियो र रिपोर्ट अनुसार मस्तिस्कको अगाडी भागमा थोरै हावा भरिएको अर्को समस्या अगाडी आयो । दुई दिनको अस्पताल भर्ना पछि डा. अर्पिता सिंहले अनुहारको सफल शल्यक्रिया गरिन । शल्यक्रिया पछि सुनिलको आक्सिजन लेवल ६० मा झर्यो । उनलाई तुरन्त भेन्टिलेटरमा राखियो । कोभिड संक्रमितलाई भेन्टिलेटरमा राखियो भन्ने जीवन दर एकदमै थोरै हुन्छ । तर सुनिललाई संक्रमणको कुनै लक्षण थिएन । दुई दिन पछि उनलाई भेन्टिलेटरबाट हटाइयो । मस्तिस्कमा जम्मा रहेको हावा पनि आफै निस्केर गयो । १८ दिनको अस्पताल बसाइ पछि हिजो डिस्चार्ज भएर अभियानी सुनिल आफ्नो गाउँ पुगे ।

गिट्टी बालुवा भारत निकासी गर्न पाउने सरकारले ल्याएको अध्यादेशको विरुद्धमा कार्यक्रम बनाउन आफु बाराबाट जनकपुर तर्फ जाँदै गर्दा बाईकको चक्का पड्केर दुर्घटना भएको अभियानी सुनिल यादवले बताए ।

अस्पतालबाट छुट्कारा पाएपछि अभियानी सुनिलले अभियन्ता सरोज रायको कारण आफुले दोस्रो जीवन पाएको बताए । अचानक चक्का पड्किदा बाइक लड्यो र १५-२० फिट बाइक संग घिसिर्दै आफु रोडको तल खेतमा आइपुगे, धेरै गाडीलाई रोक्न प्रयाश गरे तर कसैले रोकेन, अन्तमा अभियन्ता रायलाई फोन सम्पर्क गरे र नभन्दै उंहा डेढ घण्टा पछि आई पुगेको सुनिलले बताए । आज अभियन्ता रायको कारण आफुले दोस्रो जीवन पाएको र यस जुनीमा उंहाको एहसान कहिले नाविर्सिने उनले बताए ।

                               

प्रतिक्रिया