सुजिताको शव खोज्न तिन तहको प्रहरी, देवरले स्वीकारे अपराध !


  • thebuddhaexpress

सुजिता हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय महोत्तरी, संघीय प्रहरी र प्रदेश प्रहरीको टोलीले लगातार दुई दिन देखि सुजितको शव खोज्ने कार्यमा जुटेका छन् । असार १३ गते सुजिताको ससुरा पतिराम ठाकुरको खेतमा चार फिट गहीरो खाडल खन्दा कपाल , नुन, मलखाद र डोरी फेला परेको थियो । त्यहि ठाउँको छेउमा रहेको नहरमा डोजर लगाई दुई दिन देखि (असार २३ र २४ गते) शव खोज्ने कार्य जारी रहेको भएपनि अहिले सम्म केहि फेला परेको छैन ।

सुजिताको शव खोजि कार्य

आज असार २४ गते खोजि कार्यको दोस्रो दिन पक्राउ परेको सुजिताको देवर रुपेश ठाकुरलाई पनि प्रहरीले खोजि स्थलमा ल्याएको थियो । श्रोतको अनुसार रुपेशले सुजितको हत्या गरेको र शवलाई पुन: पहिलेको ठाउँ (असार १३ मा अवशेष भेटिएको ठाउँ) बाट निकालेर अर्को ठाउँमा गाडेको पनि स्वीकार गरिसकेको छ । रुपेशलाई शव गाडिएको ठाउँ मै लगेर प्रहरीले शव खोज्न डोजर समेतको प्रयोग गरेका छन् । वर्षातको कारण शव गाडिएको ठाउँमा पानी भरेको हुनाले खोजि कार्यमा अप्ठ्यारो भएको जानकारी खोजि स्थलमा लगातार दुई दिन देखि उपस्थित रहेको अभियन्ता सरोज रायले दिएको छ ।

आरोपित देवर रुपेश ठाकुर, मृतक सुजिता ठाकुर

महोत्तरी जिल्ला भमरपुरा गाउँमा ससुराली रहेको सुजिता ठाकुरको हत्या जेठ २० गते भएको थियो । सुजिताको हत्या बारे उनकै ५ बर्षीय छोराले खुलाए पछी माइतीपक्ष र समाजिक अभियन्ता सरोज रायको सक्रितामा चौतर्फी दवाव बढेपछि प्रहरीले खोज तलास शुरु गरेका थिए । यसै खोज तलासको क्रममा असार १३ गते सुजिताको ससुराको खेतमा चार फिट गहीरो खाडल खन्दा कपाल, नुन, मलखाद, तन्ना र डोरी फेला परेको थियो ।

त्यही दिन महोत्तरी प्रहरीले सुजिताको श्रीमान र देवर लाई पक्राउ गरेको थियो । बाकी रहेका सुजिताकी सासू, ससुरा पतिराम र देवरानी रोमा भन्ने अहिले पनि फरार रहेका छन । उनीहरु भारतको विहारमा लुकेर बसेको हुनसक्ने अशंका गरिएको छ ।

खोजि स्थलमा सुजितको बुवा र अभियन्ता सरोज राय

मुख्य आरोपित पक्राउ परेको र दुई दिनको खोजि कार्य पछि पनि शव फेला नपरेपछि विभिन्न शंका उपशंका पनि उब्जिएका छन् । सुजिताको बुवाको अनुसार पतिराम ठाकुर पैसा वाला रहेको र उनले केस दबाउन पैसा छिटेको सुन्दैछु । ईश्वर माथि विश्वास छ र प्रहरीको खोजि कार्य देखावा मात्र नरहेको आफुलाई विश्वास रहेको उनले बताए ।

पहिलो चोटी असार चार गते जाहेरी लिएर पिडित परिवार जिल्ला प्रहरी कार्यालय पुगेका थिए, त्यस बेला जाहेरी दर्ता नगरेपनि सुजिताको खोजि कार्य गम्भीरताले गरेको भए आजको दिन सबै हत्यारा खोरमा हुन्थियो तर प्रहरीको प्रारम्भिक लापरवाहीको कारण दोषी उम्किन सफल भएको अभियन्ता रायले बताए ।

यस हत्या प्रकरणमा महोत्तरी जिल्ला प्रहरीको डिएसपी विष्ट, संघीय प्रहरीको डिएसपी छेदिलाल कामति, प्रदेश प्रहरीको डिएसपी ज्ञान कुमार महतोको साथ करिव दुइ दर्जन भन्दा बढी प्रहरी खोजि कार्यमा जुटेका छन् ।

                               

प्रतिक्रिया