नागरिकता विधयेक पारित गर – TMNC


  • thebuddhaexpress

नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ लाई पारित गराउनको लागी तराई मधेश राष्ट्रिय परिषद (TMNC) ले माईतिघरमा दवाब मुलक कार्यक्रम गरेका छन् ।

नागरिकता भनेको पहिचान सम्बन्धि दस्तावेेज हो, जसले व्यक्तिको राष्ट्रियता निर्धारण गर्दछ । नेपालको राजनैतिक, समाजिक र कानूनी परिवेशमा पनि नागरिकता मुद्दाले निकै चर्चा बटुलेको छ । नेपालको संविधानको भाग दुईमा नेपालको नागरिकता सम्बन्धि व्यवस्था गरेको छ । सोहि व्यवस्था अनुसार नेपालको प्रतिनिधिसभा र राष्ट्रियसभा बाट पहिलो नागरिकता संशोधन विधेयक २०७९ लाई पारित गरि राष्ट्रपति समछ प्रमाणीकरनको लागि पेश गरियो। उक्त बिधयेक माथी आफ्नो सुझाव सहित पुन: विचारको लागि राष्ट्रपतिले संसदमा पठाए पश्चात हाल प्रतिनिधि सभा बाट पुन दोस्रो पटक उक्त बिधेयक पारित भई राष्ट्रिय सभामा पेश भएको छ ।

सो विधेयकलाई राष्ट्रिय सभा बाट पारित गरि रास्ट्रपति बाट प्रमानिकरन गरि कानुनको रुपमा लागू गराउन को लागि तराई मधेस राष्ट्रिय परिषद (TMNC) ले दबाबमूलक कार्यक्रम समपन गरेको छ। नागरिकताको नाममा राजनीति बन्द गर्न, नागरिकता संग जोडेर मधेसी जनतालाई बद्नाम नगर्न, नागरिकलाई नागरिकता विहिन न बनाउन, संविधानमा उल्लेखत नागरिकता अधिकार व्यावहारीकरन गर्न लगायतको मांग सहित उक्त दवाबमुलक कार्यक्रम गरिएको छ ।

उक्त कार्यक्रममा परिषद्को राष्ट्रिय अध्यक्ष सामाजिक अभियन्ता सरोज राय, परिषदको पुर्वसंयोजक अधिवक्ता विकास ठाकुर, आदर्श सहनी, नागरिकता पीडित सङ्हर्श समितिको इन्द्रजित साफि लगायतका वक्ताहरुले नागरिकता विध्येक तुरन्त पारित हुनुपर्नेमा जोड़ दिदै आफ्नो धारणा राखेका थिए ।

परिषद्को केन्द्रिय सदस्य राहुल राजले नागरिकता विध्येक सम्बन्धित तराई मधेश राष्ट्रिय परिषद्को अवाधरना प्रस्तुत गरेका थिए ।

                               

प्रतिक्रिया