अन्तर्राष्ट्रिय महिला दिवस:महिला हिंसाको विराेधमा पुरुषहरुले गरे र्‍याली


  • thebuddhaexpress

११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मङ्गलबार ललितपुरमा सचेतनामूलक र्‍याली निकालिएको छ । र्‍यालीमा सहभागी युवाहरुले महिला तथा बालिकामाथि हुने हिंसाका विरुद्ध आवाज उठाउने प्रतिबद्धता जनाए ।

एक दर्जनभन्दा बढी संस्थाहरूको आयोजनामा भएको र्‍याली ललितपुरको मङ्गलबजारबाट सुरु भई गाबहाल, पुल्चोक हुँदै जावलाखेलमा आई कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै युवा अभियानकर्मीहरूले पुरुषहरूले आफ्नो परिवार, समुदाय तथा कार्यस्थलमा रहेका महिलाप्रतिको जिम्मेवारी महसुस नगरेसम्म लैङ्गिक समानता असम्भव रहेको बताए । पुरुषहरूका अतिरिक्त करिब सय महिलाहरूले समापन भेलामा ऐक्यबद्धता जनाएका थिए ।

कार्यक्रममा महिला तथा बालिका विरुद्धको हिंसा कम गर्नमा पुरुषको भूमिका विषयमा कविता वाचन पनि गरिएको थियो ।

युवालयले २०७० सालदेखि हरेक वर्ष महिला दिवसका दिन कार्यक्रम गर्दै आइरहेको छ ।

                               

प्रतिक्रिया