युवा शक्तिको चाहना अनुरुप टिएमएनसीले राजनीतिक शक्ती निर्माण गर्दै


  • thebuddhaexpress

तराई मधेश राष्ट्रिय परिषदले वैकल्पिक राजनितीक शक्ती निर्माण गर्ने गृहकार्य शुरु गरेको छ । श्रावण १६ गते तराई मधेश राष्ट्रिय परिषदको अनामनगरमा बसेको बैठकले तिन महिना भित्रै सबै आन्तरीक गृहकार्य पूरा गरी वैकल्पिक राजनीतिक दलको प्रारूप दिईने भनि परिषदका संयोजक बिकाश ठाकुरले जानकारी गराएको छ । देश र मधेशको रुपान्तरणका लागि टीएमएनसी मूलधारको राजनीतिमा आउनैपर्ने आवश्यकतालाई अंगिकार गर्दै पार्टी निर्माणको निर्णय भएको टीएमएनसीका संयोजक विकाश ठाकुरले जानकारी दिए । राजनीतिक दल निर्माण गरे पनि टीएमएनसी यथावत् नै रहने ठाकुरले बताए । यसले नयाँ निर्माण गर्न लागिएको पार्टीलाई दिशानिर्देश एवं नियन्त्रणको काम गर्ने उनले जनाए ।

टिएमएनसी लगभग ७ बर्ष देखि मधेश र देशभित्र विभिन्न समयमा राजनीतिक र समाजिक मुद्दाहरु उठान गर्दै आफनै पहलमा आन्दोलनहरु गर्दै आएको छ । संविधान निर्माण प्रकृयाको विरोध, संविधानको विरोध, वहुराष्ट्रिय राज्यको माग, असोज दिन कालो दिन, प्रतिरोध दिवश, आरक्षण आन्दोलन, दुई नम्वर प्रदेशको नाम मध्य मधेश हुनु पर्ने माग, पुर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचार विरोधी अभियान, मानव अधिकारको आवाज वुलन्द लगायतको आन्दोलन निरन्तर रुपमा गर्दै आएको एक स्वतन्त्र राजनीतिक सामाजिक संगठन हो र यसले मधेशी, जनजाति, दलित, मुस्लिम, थारु लगायतका उत्पिडीत समुदायको दबिएको अवाज लाई सशक्त ढंगले सरकार र सरोकारवालाहरु माझ राख्दै आइरहेको कुरा टिएमएनसी सदस्य सामाजिक अभियन्ता सरोज रायले जानकारी दिए । उनले समाजिक मुद्दाहरु पनि राजनिती बाट नै निवारण हुने भएकाले दल निर्माण गर्न लागेको जानकारी दिए ।

नेपालको वर्तमान राजनीतिक अवस्था लाई हेर्ने हो भने सबै पुराना दलहरुको विचार र व्यवहार दुवै स्खलीत भएको र उनीहरुकै सत्ता लोभका कारण सृमान्तकृत र उत्पिडित समुदायहरुको माग र मुद्दा समेत कयौं बर्ष सम्म पनि ओझेलमा परीरहेको पुर्व संयोजक सीएन थारुले जिकिर गरे । नेपाल बहुराष्ट्र राज्य हुनु पर्ने माग राख्दै विगत कयौं वर्ष देखि बहसहरु चलाउदै, विभिन्न आन्दोलनहरु गर्दै आइरहेको र यसकै अधारमा टेकी समृद्ध, सुशासन, सभ्य समाजको निमार्ण लगायतका ऐजेण्डामा टिएमएनसी द्वारा निर्माण भएको दलले काम गर्ने उनले जनाए ।

समय र परिस्थिति अनुसार अब सामाजिक क्षेत्रमा मात्र नभई प्रतिस्पर्धाको राजनीतीमा गएर जनताको मूल समस्याको निवारण गर्न टीएमएनसीले पार्टी निमार्ण गर्न लागेको अभियन्ता रायले बताए । साथै उनले बुद्धिजीवी, पेशाकर्मी, युवाहरु समेतको सुझाव र समर्थनका लागि अपिल गरेका छन ।

                               

प्रतिक्रिया