बृहत नागरिक आन्दोलन

बृहत नागरिक आन्दोलनको मार्च पासमा प्रहरी दमन, टिएमएनसीको पुर्व संयोजक घाइते


  • Admin

१२ माघ २०७७, काठमाडौं । आज कमलपोखरी को माटोको टीका लगाउँदै सो ठाउँबाट बालुवाटार लागेको नागरिक आन्दोलनको मार्च पास उपर प्रहरीले लाठी चार्ज गरे । प्रहरी हस्तक्षेप मा दर्जनौं आन्दोलनकारी घाईते भएको पानीको फोहराले मास तितर वितर पारेको थियो । कोणसभालाई सम्बोधन गर्दै अभियन्ता तथा लेखक नारायण वाग्लेले तेस्रो जनआन्दोलन शुरु भएको उदघोष गरे । सो नागरिक आन्दोलन प्रति लेखक खगेन्द्र संग्रौला, डा.गोविन्द केसी, मानव अधिकार कर्मी मोहन अंसारी आदिले सरकार आफूलाई दण्डहीनता तिर लाँदै छ भनीविधिको शासन पालना गर्न दबाब दिएको थियो । नागरिक आन्दोलन निरन्तर चल्ने जानकारी गराउँदै युग पाठकले यी प्रतिगमन को विरुद्ध सबै एकजूट हुन अपील गर्नुभयो ।

प्रहरीको लाठि चार्जमा तराइ मधेश राष्ट्रिय परिषद्का पुर्व संयोजक सिएन थारुको साथ निर्घ, संघर्ष दाहाल र स्वर्णिम सख्त घाइते भएका छन् । हिमाल अस्पतालमा उपचार पछि सिएन थारुलाई डिस्चार्ज गरिएको जानकारी सामाजिक अभियन्ता सरोज रायले दिए ।

सरकारको गैरसंवैधानिक कदमविरुद्ध डा. गोविन्द केसी, खगेन्द्र संग्रौला, नारायण वाग्ले, सञ्जीव उप्रेती, राजन मुकारुङ, मोहना अन्सारी, युग पाठक, रिता साह, दयाहाङ राई, टिएमएनसी लगायत नागरिक समाजका अगुवाहरूले अगुवाइ गरेका हुन् ।

सामाजिक अभियन्ता सरोज राय
प्रदर्शनकारी
टिएमएनसीको पुर्व संयोजक सिएन थारु

                               

प्रतिक्रिया