साथिको वीभत्स हत्याको न्याय माग्दै विधार्थी !


  • thebuddhaexpress

मंगलबार त्रिचन्द्र क्याम्पसका विद्यार्थी परिवारले काठमाडौँको प्रहरी चौकी बालाजु परिसरमा प्रदर्शन गरेका छन् । उनिहरु आफ्नो साथिको वीभत्स हत्याको घटनापछि तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका छन्। मृतक फुयाँल त्रि-चन्द्र क्याम्पसमा वीएससी तेस्रो वर्षमा अध्ययनरत थिए । विद्यार्थीहरुद्वारा प्रहरी चौकीमै हत्यमा सङ्गलन हत्यारालाई कारबाही गर्न प्रदर्शन गरेका छन्।

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ३ तीनपिप्लेमा टिपरले ठक्कर दिएर घाइते भएका एक युवाको घाँटी रेटेर वीभत्स हत्या गरेको स्थानीय बताउँछन्।

आइतबार राति बा ५ ख ६७७९ नम्बरको टिपरले ठक्कर दिँदा तारकेश्वर–३ कै २३ वर्षीय सविन फुयाँल घाइते भएका थिए । घाइते उनलाई दुर्घटनास्थल भन्दा पर लगी साबेलले रेटेर हत्या गरिएको मृतकका परिवार र आफन्तहरूले दाबी गरेका छन् ।

उनीहरूका अनुसार बागमती प्रदेश ०२–०२५ प ६१८९ नम्बरको मोटरसाइकलमा सवार फुयाँललाई सुरूमा टिपरले ठक्कर दिँदा एउटा खुट्टा भाँचिनुबाहेक अन्य अवस्था सामान्य थियो । तर, पछि दुर्घटनास्थलबाट केही पर पुर्‍याएर उनको हत्या भएको दाबी गरिएको छ ।

घटनास्थलभन्दा केही पर बालुवाको थुप्रोमा मृतकको शव भेटिनु, प्रहरीले घटनास्थलको मुचुल्का तथा प्रत्यक्षदर्शी र स्थानीयको बयान नलिनु, घटनास्थल शिल नगरिनु र फोटो तथा भिडियो समेत डिलिट गरिनुलगायत गतिविधिले दुर्घटनापछि युवकको हत्या भएको दाबी परिवारले गरिरहेको छ ।

उनीहरूले घटनालगत्तै दुर्घटनास्थल पुगेको प्रहरीले गर्नुपर्ने सामान्य काम समेत नगरेको र भएका सबै प्रमाणहरू समेत नष्ट गरिदै जानु तथा पीडतको तर्फबाट जाहेरी लिन अस्वीर गर्नुले पनि सविनको हत्या भएको पुष्टि गरेको बताएका छन् ।

पीडक पक्षबाट प्रभावित भइ प्रहरीले पीडितको तर्फबाट जाहेरी समेत नलिएको उनीहरूको भनाइ छ ।

दुर्घटनापछि घटनामा संलग्न रहेकाहरूमध्ये प्रहरीले मुख्य अभियुक्त भनिएका विमल बलामीलगायत तीन जनालाई पक्राउ गरेको छ भने अझै दुई जना फरार रहेको बताइएको छ । पक्राउ परेका तीन जनामध्ये बिमलबाहेक अन्यको नाम समेत खुलाइएको छैन ।

पक्राउ परेका बलामी गत स्थानीय निर्वाचनमा नुवाकोटको ककनी गाउँपालिका–१ मा अध्यक्षमा निर्वाचन लडेर पराजित भएका थिए । बिमल गुण्डागर्दी पृष्ठभूमिको भएको खुल्न आएको छ । साथै उनका भाइ समेत घटनामा संलग्न भएको आशंका गरिएको छ । यसअघि अन्य कुनै घटनामा पक्राउ परेका बिमलका भाइ आइतबार मात्रै रिहा भएको स्रोतको दाबी छ ।

भाइ रिहा हुनुलगत्तै सविनको हत्या हुनुले घटनालाई थप रहस्यमय बनाएको छ ।

मृतक फुयालको हत्यारालाई कारबाही गर्न माग गर्दै बुधबार घण्टाघर स्थित त्रि-चन्द्र क्याम्पसको प्राङ्गणमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने विधार्थी समूहले जनाएको छ।

                               

प्रतिक्रिया