राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोले तराई मधेस राष्ट्रिय परिषद् (TMNC) ले प्रतिरोध पूर्ण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
तराई मधेस राष्ट्रिय परिषद्ले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ- ‘राष्ट्रपतिको मनमौजी विवेकले ल्याएको सहज रुपमा नागरिकता प्राप्त गर्ने कामलाई अवरोध पुर्याएकोले त्यसको घोर भत्सर्ना गर्दछौं। साथै आउँदा दिनमा प्रतिरोध पूर्ण कार्यक्रम सञ्चालन गर्न बाध्य भएको जानकारी गराउन चाहन्छौं।’
बर्षौ देखि नागरिकता बिहिन बनेका नेपाली आमा बाबुको सन्तानको जनजिविका उपर प्रत्यक्ष प्रहार भएको तराई मधेस राष्ट्रिय परिषद्को अध्यक्ष सरोज रायले बताउनुभयो।
संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक पनि राष्ट्रपति विद्या भण्डारीले मंगलबार मध्यरातमा अस्वीकार गरेकी थिइन्।
