Women Trafficking

इराक तस्करी गर्न लागेको नेपाली युवतीहरु दलाल सहित पक्राउ


  • thebuddhaexpress

सर्लाही जिल्लाको मलंगवा-सोनवरसा सीमामा भारतीय SSB को तदारुकताले पांच नेपाली युवती तस्करी हुनबाट बाँचेको छ । उनीहरुलाई नेपालबाट भारतको बाटो हुँदै अवैध तरिकाले ईराक पठाउने योजना थियो ।

Photo Source ‘Sitamarhi ki Awaaj’

यी पांच महिलालाई फाल्गुन १९ गते नेपाली दलाल सोनवरसा सिमा पैदल पार गराई रहेको बेला भारतीय सिमा बल SSB को नजरमा आएका थिए । उद्धार गरिएका सबै महिलालाई मलंगवा स्थित नेपाल प्रहरीलाई जिम्मा लगाई सकेको खबर श्रोत बाट जानकारी प्राप्त भएको छ ।

नेपालबाट महिलालाई विदेशी रोजगारीमा खाडी देश जान नेपाल सरकारले कडाई गरेपछि नेपाली र भारतीय दलालहरुको मिलोमतोमा भारतको बाटो व्यापक तस्करी हुँदै आएका छन् ।

नेपाली चेलीबेटी बेचबिखन घटना यो पहिलो पटक पक्कै थिएन । दुई वर्ष अगाडी नेपालको सामाजिक अभियन्ता सरोज रायको पहलमा दिल्लीबाट ३९ जना नेपाली चेलीहरुको उद्धार गरेका थिए ।

यसरी भएको थियो ३९ को उद्धार
नेपाल आज‘ मा छापिएको खबर अनुसार नयाँ दिल्लीका होटलहरूमा नेपाली चेलीहरूलाई अन्य देशमा बेचिन लागेको खबर पाउना साथ सरोज राय २९ जुलाईमा दिल्ली पुगे । उनले दिल्लीको महिला आयोगको अध्यक्ष स्वाती मालीवाल संग लिखित र मौखिक दुवै रूपमा सहकार्य भएको थियो । उनी सीधै स्वातीको कार्यालयमा गए । उनीसँग कसरी ती महिलाहरूलाई उद्धार गर्नेबारे छलफल गरेपछि उनको काममा सहयोगी भाव जनाउँदै उद्धार गर्नका लागि स्वातीले रायलाई एउटा टिम दिइन् ।

2018 Aug 1, New Delhi, 39 Nepalese Girls rescued, Swati Maliwal & Saroj Ray

स्वातीको सहकर्मी किरण नेगीसँगको योजनाअनुसार अभियन्ता राय एक्लै पहाडगन्ज क्षेत्रमा पुगे र जानकारी पाएको होटेलमा कोठा लिने बहानामा अनुसन्धान गरे । उनले जानकारी पाए अनुसार पहाडगन्ज स्थित तीनवटा होटलमा १ सय ३७ जना नेपाली महिलालाई अन्य मुलुकमा बेच्न भनी राखिएको रहेछ । केहि जना पछि लागेको थाहा पाएपछि अभियन्ता राय दुईवटा होटेलमा मात्र अनुसन्धान गरि सबै जानकारी इमेल मार्फत स्वातिलाई पठाए । पछि स्वाति दिल्ली प्रहरीको सहयोगमा ति दुई होटेलमा छापा मारी ३९ नेपाली चेलीहरुको उद्धार गरेका थिए ।

त्यस उद्धार अप्रेशनमा नेपालको सामाजिक अभियन्ता सरोज रायको मुख्य भूमिका रहेपनि त्यस बेला भारतीय मेडियाको साथसाथै नेपाली मेडियामा पनि स्वाति मालिवालले एक्लै चर्चा कमाएकी थिइन् ।

यस्तै किन नेपालले पनि थुप्रै नेपाली चेलीहरुको उद्धार गरिसकेका छन् ।

                               

प्रतिक्रिया