चर्को शुल्क अशुल्ने सामुदायिक बिधालय विरुद्ध सर्बोच्चमा रिट दायर


  • thebuddhaexpress

संविधानले माध्यमिक तहसम्म निशुल्क शिक्षा घोषणा गरेका सामुदायिक विद्यालयहरुले समेत चर्को शुल्क लिदा लाखौ विधार्थीहरु शिक्षा जस्तो अत्यावश्यक हकबाट बन्चित हुन् पुगेका छन् | पटक पटक निवेदन दिदा पनि कुनै कारवाही नगरेको भन्दै त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको हो |
कानूनका विधार्थीहरु राम रतन सिंह, विकास कुमार गुप्ता र सिमा केसी ले बिहिवार रिट दर्ता गराएका हुन् | यसको पेसी आइतवारका लागि तोकिएको निवेदार विकासले बताए | रिटमा शिक्षा मन्त्रालय लगायत सम्बन्धित पालिका र विद्यालय गरि जम्मा १५ जनालाइ बिपक्षी बनाइएको छ |
परीक्षाको नतिजा प्राप्त गरेका विद्यार्थीहरु २०६८ सालमा विद्यालय भर्ना भएर २०७८ सालमा एसईई परीक्षामा सामेल भई नतिजा प्राप्त गरेका थिए । त्यो साल देशभर १ कक्षामा भर्ना हुने विद्यार्थीको संख्या १२ लाख ७६ हजार २ सय ४० रहेको थियो । गरिबीको कारणले भर्ना हुनै नपाउने बालबालिको संख्या झण्डै दोब्बर बढी थियो । तर २०६८ सालमा भर्ना भएका १२ लाख ७६ हजार २ सय ४० जना विद्यार्थीमध्ये ४ लाख, ९४ हजार ६ सय ८१ जना विद्यार्थीले मात्र कक्षा १० सम्म पढ्न सके र एसईईको परीक्षाको फारम भर्न सके भने २२ हजार ६सय ४० जनाले त फारम भरेर पनि परीक्षामा आफ्नो पेट पाल्नु पर्ने बाध्यता समेतका कारण सामेल हुन सकेनन् । अर्थात् जम्मा ८ लाख ४ हजार १ सय ९९ जना विद्यार्थी वीचैमा हराए उनीहरुको बारेमा राज्यले फेरि कहिल्यै सोचेन । किन उनीहरुले वीचैमा पढाइ छोड्नु पर्यो |
नेपाल सरकारले नि:शुल्क शिक्षा घोषणा गरेको विधालयले शिक्षाको लागि सामुदायिक विधालयको विधार्थी को नाममा कुनै किसिमको शुल्क लिन नपाउने व्यवस्था गरिएको छ | तर त्यसको विपरित विधार्थीको नामबाट मधेश प्रदेश स्थित वीरगंज महानगरपालिकाको माइस्थान विधापिठ, सुरजी देवी माध्यमिक बिधालय, नृसिंह माध्यमिक बिधालयले विद्यालय र त्रिभुवन हनुमान माध्यमिक बिद्यालय, ललितपुर महानगरपालिका स्थित श्रमजित किशोर माध्यमिक विधालय र वाग्मती प्रदेश काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका स्थित गीतामाता माध्यमिक विद्यालय, यसका साथै सुदुरपश्चिम प्रदेश स्थित धनगढी उप-महानगरपालिकाको श्री पंचोदय माध्यमिक विधालय समेत लगायत सातै प्रदेशमा सामुदायिक विद्यालयले नियम बिपरित बिधार्थीसंग शुल्क लिने गरेको छ|


निवेदकहरुले आइतबार अन्तरिम आदेश माग्ने जानकारी बुद्ध एक्सप्रेसलाइ गराए |

                               

प्रतिक्रिया