निर्वाचनको महत्त्व बिषयक बिधालय स्तरीय वकतृत्वकला प्रतीयोगीता सम्पन्न


  • thebuddhaexpress

मधेश कानून बिधार्थी मंचको संयोजकत्व र Yes Together we Can तथा CSE Computer Training Centre, Lahan Siraha को सहयोगमा ‘निर्वाचनको महत्त्व’ बिषयक बिधालय स्तरीय वकतृत्वकला प्रतीयोगीता श्री हिमालय माध्यमिक विद्यालय, धनगढीमाइ न.पा. १२, सिमलटोकीमा वडा न. १२ का वडा अध्यक्ष जय प्रकाश ठाकुरको आतिथ्यमा सम्पन्न भएको छ र साथै यस संस्थाले श्री हिमालय माध्यमिक विद्यालयलाई ०९ प्रति नेपालको संविधान र १ प्रति शिक्षा सम्बन्धी ऐन, नियमावली र नीति हस्तान्तरण गरेको छ। कार्यक्रम मधेश कानुन बिधार्थी मंचका संस्थापक सदस्य राम रतन सिंहले गरेका थिए।


प्रतियोगितामा प्रथम‌ हुने कुन्दन सिंहलाई टिप्पणी सहितको नेपालको संविधान, द्वितीय हुने रितु ठकुरीलाई नेपालको संविधान, तृतीय हुने रेवन्त शर्मालाई डायरी र सान्त्वना हुने अनु महतोलाइलाइ डिस्नरी, आदी पुरस्कार प्रदान गरिएको छ।
‘मधेश कानुन बिधार्थी मंच’ २२ वटै जिल्लाका कानुन अध्ययनरत बिधार्थीको संगठन रहेको छ। यस संस्थाले मधेशमा पर्ने २२ वटै जिल्लामा कानुनी शिक्षाको पहुँच गर्नका साथै क्षमता अभिवृद्धि गर्न अगाडि बढ्दै बिभिन्न कार्यक्रम समेत गर्ने छ। कार्यक्रम संचालक रामले माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको अधिकार र जिम्मेवारीमा समेत पर्ने भएकोले सम्बन्धित पालीकाले कक्षा ८ देखी बिधार्थीहरुलाइ अनिवार्य रुपमा कानुनी शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिए।

                               

प्रतिक्रिया