पुर्व मन्त्रीहरु माथी भारि पर्दै स्वतन्त्र उमेदवार शिव यादव


  • thebuddhaexpress

देशको वर्तमान राजनीतिक दौडमा सिरहा, क्षेत्र न. २, देशकै केंद्रबिंदु बन्न पुगेको छ। भौतिक रुपमा जती नै सानो देख़िए पनि यहाँको राजनीतिले देशलाई प्रतिनिधित्व गर्ने मुद्दाहरु बोकेका छन्। हुन त दलहरूको गठबंधनले देशको राजनीतिलाई व्यापार बनाएको कुरा आम जनतामा प्रस्ट छ। अझ त्यसमा सिद्धान्तको राजनीति गर्ने व्यक्ति पाउन अब त कठिन नै देखिन्छ। दलहरूको सात्ता हथ्याउने दौडमा जनताको माग र आवश्यकता धेरैनैपछी छुटीसके को छ। यस्तो अवस्थमा जनताको विश्वासका पात्र नै स्वतंत्र उम्मेदवार हुन्।


यसो नियालेर हेर्दा, २ मुख्य गठबंधनका उम्मेदवरहरु बीच काँचों उमेरको स्वतंत्र उम्मेदवरको यात्रा कठिन नै देखिन्छ। तर यिनी
पनि कुनै आम युवा होईनन्।शिव यादव राजनीति शास्त्रमा स्नातकोत्तर गरेका र बिगत ७ वर्षदेखी समाजसेवा गरी आएका कर्मनिस्ठ, ईमन्दार र युवा पीढ़ीलाई नेतृत्व गर्नेयुवा हुन्।


पूर्वशिक्षा मंत्री चित्रलेखा यादवको जन्मथलो र पूर्वसूचना र उधोग मंत्री राजकिशोर यादवको विश्वास ज़ित्नसक्ने क्षेत्रमा उदय भएको छ युवा स्वतंत्र उम्मेदवर शिव यादवको, जो उमेरमा काँचों देखिए पनि काममा सबैभन्दा परिवक्क छन्। कामकैआधारमा तुल्ना गर्नेहो भनेजती शिव यादवले पदबिहीन भएर गरेका छन त्यति त पूर्वमंत्रीहरूले पद पाएर नि गर्नसके का छैनन भन्ने जनताको धारणा छ।


सिरहा ज़िल्ला क्षेत्र न. २ का ऐमाले र जन्ता समाजबादि पार्टीको गठबंधनका उम्मेदवर राज किशोर यादवको पनि अफनै राजनीतिक ईतिहास
छ।बिगत लामो समय देखी राजनीतिमा लागेका उनि, पहिलो पटक २०६४ र अर्को पटक २०७४ मा सिरहा ज़िल्ला क्षेत्र न. ४ बाट निर्वाचित भाएका थिए। यसका साथ उनि २ पटक सम्म मंत्री बन्न सफल भाएका छन्। तर जन्ताले पत्याउन सक्ने खासै ठाउँ नछोडेको सर्बसाधारण ब्यग्तीको बुझाई छ। यस पटक उनले सिरहा ज़िल्ला क्षेत्र न. २ बाट आफ्नो उम्मेदवारी दिएका छन।


चित्रलेखा यादव पनि देशको राजनीतिमा अहम भूमिका निर्बाह गर्दैआएका ब्यक्तित्व हुन्। उनी १ पटक प्रत्यक्ष र २ पटक समानुपातिकबाट निर्वाचित प्रतिनिधि सभा उम्मेदवर हुन्। यसका साथ उनि १ पटक शिक्षा मंत्री र देशकैपहिलो महिला उप-सभामुख बन्न सफल राजनीतिज्ञ हुन्। तर यतिका पदभार सम्हालेपनि आम जनताको जीवन सहज पूर्याऊन खसैमहत्वपूर्ण काम गर्न नसकेको स्थानिय जनताको अनुभव छ। जनताको यस्तो आक्रोशको बीच यिनको उम्मेदवारी पनि आफ़ैमा चुनौतीपूर्णछ।


२०७९ मंसिर ४ को निर्वाचनलेदेशको राजनीतिमा अद्वितीय महत्व बोके को छ। दलहरु पर्तीको बिश्वाश हराउदै गएको अवस्थमा दलहरुले यसरी नै अप्राकृतिक गठबंधन गरिरहनेहो भनेचुनाव गराउनुको केही औचित्या नरहला भन्नेकु रामा जनता सजग छन्।

दलहरुको यस्तो अराजकताको खिलाफ जनताको आवाज़ बोकनेएउटै विकल्प स्वतंनत्र उम्मेदवर हुन्। जनता अब सजग छन, होसियार छन, अबको राजनीति काम गरेर देखाउनेको लागी मात्र हो। उम्मेदवरहरुलेआफ्ना कामको
विवरण बोके र मत मागन जानेदिन हाम्रो देशमा नी आईसकेको छ।

                               

प्रतिक्रिया