अभाव पूर्ति गर्न यु.रे.स-त्रिचन्द्र द्वारा रक्तदान,७७ पिन्ट रक्त संकलन !


  • सुरज सिंह

रगतको अभावलाई मध्यनजर गर्दै अभाव पूर्ति गर्न युवा रेडक्रस सर्कल(यू.रे. स.)- त्रिचन्द्रले घण्टाघर स्थित‌ त्रिचन्द्र बहुमुखी क्याम्पसको प्राङ्गणमा ७७ पिन्ट रगत मंगलवार सङ्कलन गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रिय शाखाको संंयोजनमा “एक घर, एक रक्तदाता” मूल नाराका साथ मंगलवार आयोजित कार्यक्रममा २० महिला र ५७ पुरुषले रक्तदान गरेको यु. रे. स.-त्रिचन्द्रकि उपाध्यक्ष तथा रक्तदान कार्यक्रमकी संयोजक अप्सरा बस्नेतले जानकारी दिनुभयो ।

उक्त संस्थाले स्वस्तिक लन्जको सहकार्यमा सम्पूर्ण रक्तदाता र स्वयम्सेवकहरुलाई रक्तदान प्रमाणपत्र साथै खाजाको व्यवस्था गरेको थियो। रक्तदान कार्यक्रममा यु.रे.स.- त्रिचन्द्रले सदस्यता डेस्क राखी सदस्य बनाउने कार्य गरेको सर्कलकी अध्यक्ष सपना रेग्मीले जानकारी दिनुभयो।

उक्त अवसरमा त्रिचन्द्र कलेजको सह- प्रधानध्यापक,युरेसको पूर्व-अध्यक्ष, सल्लाहकार, कार्यकारी पदाधिकारी, स्वयमसेवक, रक्तदाता तथा त्रिचन्द्रको विभिन्न पार्टीको नेताकार्यकर्ताका साथमा र सहयोगमा कार्यक्रम पूर्ण रुपमा सम्पन्न भएको हो।

अन्त्यमा, कार्यक्रमको संयोजक एवं उपाध्यक्ष अप्सरा बस्नेतले रक्तदान कार्यक्रमको उपस्थितिमा स्वयंसेवक, रक्तदाता लगायत सहयोगीलाई धन्यवाद दिदै आउँदा दिनमा पनि यस्तै सामाजिक कार्यमा साथ पाउने अपेक्षा गर्नु भएको छ।

रगत अभावको कारण उपचार्थ काठमाडौं लगायत देशैभरि बिरामीहरुको जीवन नै जोखीम पर्न सक्ने खतरा रहेकोले उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको रहेछ।

                               

प्रतिक्रिया