अभियन्ता रायले साउदीको राजकुमारलाई किन पठाए पत्र?


  • thebuddhaexpress

सोमबार नेपाल आएका साउदी राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउद प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटन होटल मेरियटमा थिए । मंगलबार बंगलादेश जान लागेको समाचार समाजिक अभियन्ता सरोज रायले विहान ९ बजे कान्तिपुरमा पढ़ेको थियो ।

साउदी राजकुमार नेपाल आएको बेला उनी संग भेट्न पाएको भए मृत्युदण्डको सजाय पाएर साउदीको जेलमा १६ वर्ष देखि जेलजीवन बिताई रहेको विवेक दाहालको जीवनरक्षाको लागि एउटा मौका बन्न सक्छ , अभियन्ता सरोज लागेको थियो । तर साउदी राजकुमार उच्च सुरक्षा घेरामा रहेकोले अभियन्ता रायलाई भेट्न सहज नहुने उनलाई लागेको थियो । तर अभियान्ता रायले प्रयास गर्नुपर्छ भनेर तुरन्त राजकुमारको नाउँमा विवेक दाहालको लागि ‘क्षमादान पत्र’ (Letter of Clemency) तयार पार्यो, पुरानो कागजातहरु पनि संगै राखेर खामबन्दी गर्यो र उनलाई भेट्न नक्शाल स्थित होटेल Marriott तिर हतारमा गयो।

राजकुमार रहने होटेल वरिपरि उच्च सुरक्षा रहेको थियो । अभियन्ता सरोज रायले होटेलको पार्किंगमा बाइक पार्क गरें र सिधै होटेल भित्र रिसिप्सनमा पुगे । त्यँहा रहेको होटेल स्टाफलाई एकजना नेपालीको जिवनमृत्युको कुरा भएकोले राय आफु राजकुमार संँग भेट्न आएको जानकारी दिए । उँहाले यो कुरा असम्भव भएको भन्यो, रायले भने ‘यदि राजकुमार संग भेट्न सक्दिन भन्ने उँहाको टोलीलाई भेटाई दिनुस्’ भनेर फेरि उँहालाई आग्रह गरें ।

संयोगले त्यहिँ बेला त्यंँहा राजकुमारको टोलीको ५-६ जना व्यक्ति रिसिप्सन तिर आइरहेको देखें, होटेल स्टाफलाई फेरी आग्रह गर्यो । होटेल स्टाफले अभियान्ता सरोज रायसँग राजकुमारको टोलीको एकजना सँग कुरा गराइदियो, एकछिन पछि अरबिक पोशाकमा रहेको टोलीले अभियन्ता सरोज रायलाई आउन भन्यो र कुराकानी गर्यो । रायले विवेक दाहालको वारेमा सबै कुरा भन्यो र राजकुमार संँग भेटघाट गराउन आग्रह पनि गरें । टोलीले भन्यो – “राजकुमार निकै व्यस्त हुनुहुन्छ, माथि लन्च सुरु हुँदैछ, त्यसपछि हामी विमानस्थल जान्छौं, तपाइको पत्र हामी राजकुमार समक्ष पुर्याई दिन्छौँ ।”

तर अभियन्ता सरोज रायले राजकुमारलाई भेटेर नै पत्र दिने इच्छा प्रकट गरें । टोलीले पत्र लिएर माथि जानु भयो । अभियान्ता सरोज रायको आइफोन १३ प्रो पनि हराएको जनाएको छ। रायको मोबाइल रिचिप्सनमा थिएन । राजकुमार संँग भेट्न राय त्यहि कुरी रहे । एकछिन पछि सेकुरिटीको एकजनाले आएर रायलाई जानकारी गरायो कि “तपाईले जसलाई पत्र दिनुभयो उँहाले खबर पठाएछ कि तपाई राजकुमार संँग भेट्न पाउनु हुन्न तर तपाईको पत्र सम्बन्धित ठाउँमा पुग्छ ।” त्यसपछि रिसिप्सनबाट अभियान्ता रायले आफ्नो नम्बरमा फोन गरें, कसैले होटेलको गेटमा आउँ भन्यो, गेटमा पुग्दा रायको फोन एकजना प्रहरीले गेटमा भेटाएको रहेछ ।त्यसपछि राय आफ्नो कोठा तिर फर्के ।

अभियन्ता सरोज रायले विवेक दाहालको लागि यो पहिलो प्रयाश थिएन । २०१८ मा उमेश यादवलाई मृत्युदण्ड बाट बचाउन साउदी गएको बेला जुबेल स्थित कारागारमा विवेक सँग भेटेको रहेछ र एक घण्टा जति कुरा रायले गरेको थिए । उनलाई बचाउन निरन्तर परराष्ट्र मन्त्रालय धाइ राखेको थियो । दुई साल अगाडी साउदी जान रायको परराष्ट्र मन्त्रालयको सहयोगमा भिषा पनि लागेको थियो तर कोरोनाले गर्दा अन्तर्राष्ट्रिय उडानमा रोकको कारण जान पाएन। त्यसपछि मृतक परिवार संँग बनाएको कागजात परराष्ट्र मन्त्रालय मार्फत साउदी स्थित नेपाल दुतावासलाई पठाएको र। रायले केहि दिन अगाडी पनि परराष्ट्र मन्त्रि नारायाण खड्कासँग भेट गरेर विवेक दाहालको जीवनरक्षाको पहल पनि गरेको थियो ।

उदयपुरको विवेक दाहाल सन् २००६ मा गाडी चालकको काम लागाई दिन्छु भनेर उनकै गाउँको राजेन्द्र बिस्टले साउदी लिएर गए तर उनलाई उँट चराउने काममा लगाई दिए त्यो पनि शहर भन्दा बाहिर मरुभूमिमा । यहि विषय लिएर दुवैमा विवाद भईरहन्थियो । एक दिन सुडानी नागरिक र राजेन्द्र विष्ट मिलेर विवेकलाई बेसरी कुटेको रहेछ, त्यहि झगडामा विवेकले राजेन्द्रको टाउकोमा फलामको रोडले प्रहार गरे जसमा राजेन्द्रको मृत्यु उपचारको क्रममा भयो । यसको सजा विवेकले पाइसकेको छ, १६ वर्ष देखि जेलमा छन् । यो जानी जानी गरेको प्लान हत्या होइन, दुर्घटना हो र अभियन्ता सरोज रायको बुझाइमा विवेकले माफी पाउनु पर्छ भनेर पहल गर्दै आएका हुन्।

सरोज राय द्वरा राजकुमारलाई दिएको पत्र ।

                               

प्रतिक्रिया