आज कृष्ण जन्माअष्टमी, कृष्ण मन्दिरमा भक्तजनको भीड (फोटो फिचर )


  • सुरज सिंह

हिन्दुधर्मावलम्बिहरुले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज भदौ कृष्ण अष्टमी सोमबारका दिन देशभर श्रदालुभक्तजन भगवान् श्रीकृष्णको पूजा–आराधना गरी धुमधामका साथ मनाइँदैछ ।

हातमा मुरली, शीरमा मयूरको प्वाँख, शीतल बगैँचामुनि, जीवजन्तुहरूको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान भगवान  “श्रीकृष्ण” आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट उनको जन्म भएको मान्यता रहिआएको छ।

उक्त अबसरमा भक्तजन र दर्शनार्थीहरूको श्री कृष्णको पुजा आराधना गर्न कृष्ण मन्दिरहरूमा खुइचो देखिएका छन्।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिने धार्मिक परम्परा रहेको छ ।

यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।

कोरोनाको कारण विगतका २ वर्षमा मुलुकभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गरेका थिएनन् तर यस बर्ष भने सुरक्षाको मापदण्ड सहित श्रदालुभक्तजनलाई पुजा – आराधना, प्रवचन, भजनकीर्तनर मेला गर्न कृष्ण मन्दिरहरूमा चहल पहल देखिएका छन् ।

कृष्ण जन्माष्टमीको दिन अत्यधिक भिडभाड हुने पाटन स्थित प्रसिद्ध कृष्ण मन्दिर र बुढानिलकण्ठ स्थित इस्कोन नेपाल    कृष्ण मन्दिरमा आज धुमधामका साथ श्रदालुभक्तजन र दर्शनार्थीहरू पुजा – आराधना गरिरहेका छन् । उक्त अवसरमा विभिन्न संघ संस्थाबाट मेला व्यवस्थापन गर्न इस्कोन नेपाल, कृष्ण मन्दिर बुढानिलकण्ठमा स्वमसेवक परिचालन गरिएका छन्।

पौराणिक कथन अनुसार- अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको मान्यता रहेका छन् ।

महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त ‘श्रीमदभागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।

                               

प्रतिक्रिया