धार्मिक युद्ध

इजरायल Vs प्यालेस्टाइन : धार्मिक युद्ध


  • चन्दन साह

यति बेला अधिकांश देशहरु कोरोना महामारी संग लडिरहदा अचानक मे १० को दिन राँकेटको प्रहारले केही मानिसको मृत्यु भएको खबर विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुमा आउन थाले । त्यो दुखद खबर इस्ट जेरुसेलम बाट थियो । अचानक लास हरु छत बिक्षत भएको फोटोहरु भाईरल हुन थाल्यो ।कति ले आफ्नो बुवा आमाका त कति ले आफ्नो छोराछोरीको लासको टुक्राहरु समेटदै गरेको फोटोहरु देखा पर्यो । तर तिनीहरुको लागि यो घटना पहिलो र अन्तिम भने होईन । यो भन्दा पहिला पनि यस्तै दर्दनाक घटनाहरु त्यहा केही बर्षको अन्तरालमा हुनेगरेको छ ।

अब बुझ्न जरुरी छ कि यो घटना जेरुसेलममा बारम्बार किन हुने गरेको छ । यसको लागि हामीले लगभग १०००ई .पु जानू जरुरी हुन्छ । त्यतिबेला यहुदीहरुको राजा सोलोमन हुने गर्थे । उनले नै जेरुसेलममा यहुदीहरुको लागि एउटा मन्दिर बनाएको थियो । त्यो मन्दिरको नाम हरहवाईत अर्थात टेम्पल माउन्ट (Temple Mount) पनि भन्ने गरेका छन । त्यही टेम्पल माउन्ट लाई नै यहुदीहरु ले आफ्नो प्रमुख धार्मिक स्थल मान्ने गरेका छन । केही बर्ष पछी माउन्ट टेम्पललाई बेबिलोनीयन र त्यस पछि रोमन्स र इटालियनहरुले क्षति पुर्याए ।

त्यही स्थल लाई लिएर मुस्लिमहरुको आफ्नै दावी छन । उनिहरु पनि जेरुसेलम लाई आफ्नो प्रमुख धार्मिक स्थल मान्ने गरेका छन । मुस्लिमहरुको अनुसार उनिहरुको पहिलो धार्मिक स्थल मका, त्यस पछि मदिना र तेस्रो प्रमुख स्थल भनेको हरमअल सरिफ अर्थात जेरुसेलमको त्यहि भुमी नै हो भनेर भन्ने गरेका छन ।

त्यस्तै जेरुसेलम संग हाम्रो विशेष नाता छ भनेर ईसाईहरुले पनि आफ्नो दावि ठोकने गरेको छ । उनिहरुको मान्यता यो छ कि त्यही सहरमा इसु ले आफ्नो उपदेश बाडेका थिए र इसु लाई फाँसी चढाउने स्थान पनि जेरुसेलम नै हो ।

जेरुसेलममा केही बर्ष सम्म मुस्लिमहरुको कब्जामा थियो । त्यस पछि मुस्लिम र ईसाई बिच युद्द शुरु भयो । एक रिपोर्ट को अनुसार जुलाई १०९९ मा इसाईहरुले कब्जा जमायो । तर लगभग ९० बर्ष पछी संघर्ष शुरु भयो र फेरि जेरुसेलम लाई मुस्लिमहरुले आफ्नो हातमा लियो । र त्यसपछी हरमअल शरिफको रेखदेखको लागि एउटा मुस्लिम संगठन को गठन गरीयो । र त्यहा मुस्लिमहरुको प्रवेश निषेध गर्यो ।

र त्यसरी नै साल बित्दै गयो अनि यहुदीहरु लाई विभिन्न देशबाट निकालिदै थियो । तिनीहरु माथी अरु समुदायका मानिसहरु ले तिरस्कार को नजरले हेर्ने गर्थे । अझ हिटलर ले यहुदीहरु माथि गरेको अत्याचार कसरी भुल्न सकिन्छ । उनले यहुदीहरु लाई विभिन्न यातना का साथ गैस चेम्बरमा हाली लाखौ यहुदीहरुको ज्यान लिएको थियो ।

त्यही कालखण्डमा यहुदिहरु ले आफ्नो छुटै देश हुनु पर्छ भनेर जोडदार माग गर्ने थाले । ब्रिटेनको सहयोगमा सन् १९४८ मा प्यालेस्टाइन लाई दुई देशमा बाडिदियो । एउटा स्वम प्यालेस्टाइन जहाँ मुस्लिमहरुको बहुल्यता भएको देश बनायो भने यहुदी बहुल्यता भएको देेेेश भनेर इजरायल बनाए । तर मुस्लिमहरु ले त्यसको विरोध जनायो । उनिहरुले यहुदिहरु का लागि आफ्नो देश टुक्रिन नहुने भनेर अन्तर्राष्ट्रिय सामु गुहारे । तर यहुदीहरुको पनि आफ्नो मत थियो । यहुदिहरु ले आफ्नो धर्म ग्रंथ हिब्रु बाईबल लाई सबुतको रुपमा पेश गरे । उनिहरुको धर्म ग्रन्थमा इश्वर र अब्राहम बिच समझौता भएको कुरा उल्लेख छ । अब्राहमको संतान इजाकको १२ वटा सन्तान थिए । जस मध्य एउटाको नाम इजराईल थियो । प्राचिनमा तिनीहरु ले यहुदीहरुको लागि द ल्यान्ड अफ इजराईल ( The Land Of Iseral ) बनाए । र त्यो ल्यान्ड तत्कालीन फिलिस्तिन मै थियो ।

अन्तर्राष्ट्रिय पार्टिसन रिजोलुसन पछी प्यालेस्टाइन र इजरायल अलग भएको थियो । तर जेरुसेलम चाहिँ विवादित नै थिए । पछि UNO ले आफ्नो रेखदेखमा जेरुसेलम लाई राख्न सम्झौता भयो । इजरायलले यो सम्झौता माने पनि अरब देशहरु यस सम्झौताको विपक्षमा भए । त्यसपछि प्यालेस्टाइन र इजरनयल बिच संघर्ष शुरु भयो र त्यसकै कारण १९६७मा Six Day War अर्थात छ दिन सम्म युद्ध चल्यो । र अन्तिममा इजरायल ले बाजि मार्यो । इजराइल ले बाजि मारे संगै प्यालेस्टाइनको अरु सहरहरु समेत माउन्ट टेम्पलमा पनि कब्जा जमाए ।

तर टेम्पल माउन्टमा कब्जा गरे पनि तब सम्म गैरमुस्लिमको प्रवेश निषेधित नै थियो । पछि यहुदिहरु ले टेम्पल माउन्टमा प्राथना गर्न पाउनु पर्ने भनेर अवाज उठाउन थाले । तत्कालीन इजरायल सरकार द्वरा मुस्लिम नेताहरु संग वर्ता गरी टेम्पल माउन्ट मा यहुदिहरुको प्रवेश खुल्ला गरिदिए तर त्यो प्रवेश चाहि पर्यटनको लागि मात्र थियो । केही समय पछि यहुदिहरु ले त्यहा पुजा गर्न थाले ।
यहुदीहरु प्राथना गर्ने बेलामा मुस्लिमहरु द्वरा अवरोध हुन थाल्यो अनि शुरुभयो धार्मिक युद्ध । हाल सम्म उनिहरुको बिच युद्ध चलिनैरहेको छ ।

यो विभिन्न अन्तर्राष्ट्रिय मिडिया रिपोर्टको सहयोगमा तयार पारिएको छ ।

                               

प्रतिक्रिया