एनआरएनको १८ ओेेैें दिवस रक्तदान कार्यक्रम सहित सम्पन्न


  • सुरज सिंह

गैरआवासीय नेपाली संघ(एनआरएनए)को १८औं दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम गरी एनआरएनको सचिवालय वालुवाटारमा सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय रक्तसञ्चारको संयोजन र एनआरएनको आयोजित रक्तदान कार्यक्रममा “एक घर एक रक्तदाता” मुल नाराका सहीत २१ जनाले रक्तदान गरेको रेडक्रसका केन्द्रीय सदस्य कुनाल मिश्रले जानकारी दिए ।

उक्त कार्यक्रमको अन्त्यमा गैरआवासीय नेपाली संघको सदस्यहरुलाई सम्मान तथा चियापान कार्यक्रम गरिएको थियो।

गैरआवासीय नेपाली संघ १८ औं दिवसको उपलक्ष्यमा उक्त संस्थाले विगतका बर्ष झैं सोमबार पशुपतिनाथ मन्दिर साथै स्वयम्भुनाथ मन्दिरमा भ्रमण तथा पूजाआजा समेत गरेका थिए।

रक्तदान कार्यक्रममा संघका अध्यक्ष, संस्थापक, संरक्षक, सल्लाहकारहरु,पदाधिकारीहरु, पूर्व पदाधिकारीहरु,नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरु, संचारकर्मीहरु, राष्ट्रिय दलित आयोगका सल्लाहकार लगायत युरेस त्रिचन्द्रको स्वयम्सेवकको सहभागीता रहेर रक्तदान कार्यक्रम सम्पन्न गरेका हुन् ।

                               

प्रतिक्रिया